विज्ञापन
राजनीति

आईजीपी परिवर्तनमा पार्टीको भूमिका छैन : रास्वपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णयमा पार्टीको कुनै निर्देशन नरहेको बताएका छन्। उनले आईजीपी हेरफेरबारे पार्टीलाई जानकारी नभएको उल्लेख गर्दै उक्त निर्णय पार्टीको निर्देशनअनुसार नभएको स्पष्ट पारे।

पत्रकार पक्राउ परेको घटनामा भने पार्टीले दोषीलाई कारबाही गर्न निर्देशन दिएको खरेलले बताए। तर आईजीपी हटाउने वा नयाँ नियुक्ति गर्ने विषयमा पार्टीले कुनै निर्देशन नदिएको उनको भनाइ छ। यसअघि मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारकै निर्देशनमा आईजीपी फेरबदल गरिएको बताएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।