विज्ञापन
अर्थतन्त्र

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका २ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय अनुदानबापतको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी, पूर्वप्रधानाध्यापक र तत्कालीन लेखा सहायकविरुद्ध आरोपपत्र दायर गरेको छ।

आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्वप्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही रु १७ लाख ४१ हजार ४४६ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जनकबहादुर नेपालीविरुद्ध रु एक लाख बिगो माग गरेको छ।

उनीहरुले मिलेमतोमा सरकारीरसार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाइ रु १७ लाख ४१ हजार ४४६ हिनामिना गरेको आयोगले जनाएको छ। उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आयोगको ठहर छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।