विज्ञापन
खेलकुद

९ छक्का प्रहार गरेका लोकेश बम शतक बनाउनबाट चुके

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी खेलमा विराटनगर किंग्सका ब्याटर लोकेश बम विष्फोटक ब्याटिङ गरे पनि व्यक्तिगत शतक बनाउनबाट चुकेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध मैदानमा छक्काको वर्षा गरेका लोकेश ५२ बलमा ८७ रन बनाएर आउट भए।

उनी शतक पूरा गर्न मात्र १३ रन बाँकी छँदा १६औं ओभरको पाँचौं बलमा सोमपाल कामीको बलमा ‘कट एन्ड बोल्ड’ हुन पुगे।

विज्ञापन

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका लोकेशले ५२ बलको सामना गर्दै ३ चौका र ९ वटा गगनचुम्बी छक्का प्रहार गरे। उनले १६७.३० को स्ट्राइक रेटमा रन जोडेका थिए।

लोकेशले चौथो विकेटका लागि अनुभवी विदेशी खेलाडी एन्जेलो म्याथ्युजसँग मिलेर ७१ रनको विष्फोटक साझेदारी गर्दै विराटनगरको इनिङ्स उकासेका थिए। म्याथ्युज २० बलमा ४ चौकासहित ३० रन बनाएर क्रिजमा छन्।

लोकेश आउट भएपछि १६ ओभरको समाप्तिमा विराटनगरले ४ विकेट गुमाएर १४५ रन बनाएको छ। क्रिजमा अब विष्फोटक अलराउन्डर आन्द्रे रसेल र म्याथ्युज रहेका छन्।

इनिङ्सका अन्तिम ४ ओभर बाँकी रहेकाले विराटनगर विशाल योगफलतर्फ अग्रसर देखिएको छ। यसअघि विराटनगरले ओपनर इमरान शेखलाई ५, चरिथ असालंकालाई ३ र शेहान जयसूर्यालाई ११ रनमै गुमाएको थियो।

कर्णालीका लागि सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिइसकेका छन् भने मार्क वाटले ४ ओभरमा २३ रन दिएर १ विकेट हात पारेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।