नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाभाइरस संक्रमणबाट उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्।
समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । उनी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन् ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भ्रातृ संगठन अखिल (क्रान्तिकारी) अन्तर्गत लुम्बिनी क्षेत्रीय समन्वय समिति भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ ।
सरकारले वैदेशिक रोगजारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको छ । यसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेकाहरु रोकिएका छन् ।
कोरोना भाईरसको संक्रमण फैलिउपछि शुक्रबार दिउँसो बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बिहीबार बसेको बैठकले शुक्रबार दिउँसो १ बजेका लागि बस्ने भनेपनि संसद सचिवालयले सूचना टाँस गरी बैठक स्थगित भएको जनाएको हो ।
कोरोना भाइरसको सन्त्रास बढेका कारण प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले चैत मसान्तसम्म क्रियाशिल सदस्य वितरण स्थगन गरी कोभिड(१९ बारे सचेतना अभियानमा थप सक्रिय हुने भएको छ।
नागर्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले आफ्नो नगरापालिका भित्र कोहि बिमारी परे आफ्नो र उपमेयर गाडी प्रयोग गर्न आग्रह गरेका छ्न।
भाटभटेनी ग्रुपले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमण महामारीको वर्तमान अवस्थामा कुनै एक कम्पनीले ल्याएका स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा मिडियामा समाचार प्रकाशित भएको र यससन्दर्भमा भाटभटेनी समूहको नाम पनि जोडिएकोमा समूहको ध्यान आकृष्ट भएको जनाएको छ ।