एक करोड बढि डाउनलोड भयो ‘हाम्रो नेपाली किबोर्ड’ एप

 कोरखबर   ६ पौष, २०७८



पुस ६, काठमाडौं । नेपालको लोकप्रिय एप हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मार्टफोन आउने क्रममा नेपाली लेख्न नमिल्ने असहजता हटाउन सन् २०१४ मा हाम्रो पात्रोले नेपाली किबोर्ड एप सार्वजनिक गरेको थियो ।

यो एप ल्याएपछि नेपालीमा टाइप गर्न सुविधा मिलिरहेको छ । रोमनबाट नेपाली तथा चलन चल्तीको देवनागरी लिपी सुविधा किबोर्डमा छ । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै १० लाख पटक डाउनलोड पार गर्ने पहिलो नेपाली एप थियो ।

योसँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोड संख्यामा डाउनलोड हुने सूचीमा परेका हुन् । यसअघि ‘हाम्रो पात्रो’ एपले यो सफलता पाइसकेको छ । एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले बताए ।

यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ) मोबाइल अनुसार किबोर्डको आकार चाहेजस्तो सानो या ठूलो बनाउनसक्ने सुविधाका साथ स्टिकर्स र चाहे अनुसार थिम परिवर्तन गर्ने सुविधा पनि रहेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post