सेटलाइटसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिष्टमा छानिए !

 कोरखबर   ६ मंसिर, २०७८



मंसिर ६, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेटलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी एवं संचालनबारे आशयपत्र बुझाएका ४ वटा कम्पनी सर्टलिष्ट गरेको छ । प्राधिकरणले आवेदन दिएका ८ कम्पनीमध्ये ४ वटालाई सर्टलिष्ट गरेको हो ।

प्राधिकरणले सर्टलिष्ट गरेको कम्पनीहरुमा फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, यूएईको एसथ्री टेल इंक र थाइल्याण्डको थाइकम रहेका छन् ।

प्राधिकरणले आशयपत्र बुझाउँद दिएको समयमा ८ वटा कम्पनीले आशयपत्र बुझाएका थिए ।

प्राधिकरणले यसअघि दुई पटकसम्म योग्य कम्पनी नभेटेको भन्दै खारेज गरेको सेटलाइटसम्बन्धी ठेक्का प्रक्रिया पुनः थालेको हो । २०७३ असोजमा पहिलो पटक मागिएको आशयपत्र समयसापेक्ष नभएको भन्दै २०७७ मंसिर २२ मा सबै प्रक्रिया खारेज गरिएको थियो । त्यो बेला २० वटा कम्पनीहरुले प्रस्ताव पेश गरेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post