फेसबुकले नाम मेटा राख्यो, , शेयर कारोबार हुने सिम्बल पनि फेरिने !

 एजेन्सी   १२ कार्तिक, २०७८



कात्तिक १२, काठमाडौं । फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर मेटा कायम गरेको छ। कम्पनीले सामाजिक संजालभन्दा माथि उठेर भर्चुअल रियालिटीमा आफ्नो पहुँच बढाउँन कम्पनीलाई रिब्राण्ड गरेको जनाएको छ ।

फेसबुकले मुख्य कम्पनी अर्थात् पेरेन्ट कम्पनीको नाम बदलेको हो । अब फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, व्हाट्सएप, ओकुलस लगायतका फेसबुकका प्रडक्टहरु मेटा नामको कम्पनी अन्तर्गत रहने छन् । फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, व्हाट्सएप, ओकुलसको नाम भने परिवर्तन गरिएको छैन।

सुरक्षाको विषय प्रश्न उठिरहेको बेला फेसबुकले आमुल परिवर्तन गरेको हो । सन् २०१५ मा गुगलमाथि पनि यस्तै गरि सुरक्षाको प्रश्न उठिरहेको बेला गुगमले पेरेन्ट कम्पनी बनाएर त्यसको नाम अल्फावेट राखेको थियो । फेसबुकले पनि सोहि शैलीमा पेरेन्ट कम्पनी बनाएर मेटा नाम राखेको हो ।

मेटा नाम सार्वजनिक गर्दै फेसबुकका संस्थापक मार्क जुकरवर्गले यो मेटाभर्स योजनाको हिस्सा भएको बताए। भर्चुअल दुनियाको परिकल्पना गरिएको र त्यहाँ मानिसहरुले भर्चुअल गेम खेल्न सक्ने, भर्चुअल काम गर्न सक्ने उनले बताए । यसलाई भर्चुअल रियालिटी हेडसेट्स पनि भनिएको छ ।

आफुले गरेका साबि कामको प्रतिनिधित्वको आवश्यकता रहेको र्मेताले सबैलाई प्रतिनिधित्व गर्ने उनको भनाई थियो । अब फेसबुक र मेटालाई मेटाभर्स कम्पनीको रुपमा हेरिने उनले बताए । उनले अब कम्पनीको वित्तीय विवरण पनि फरक फरक रुपमा आउने बताए । मेटाका एपहरुको छुट्टै विवरण र रियालिटी ल्याबको छुट्टै विवरण आउने उनले बताए । कम्पनीले थम्ब लोगोलाई हटाएर  'इन्फिनाइट' आकार देखिने लोगो कायम गरेको छ। मेटा गरिक शब्द हो जसको मतलब अगाडी हुन्छ । मेटाभर्स भर्चुअल रियलिटी रहेको र यो इन्टरनेटको भविष्य हुन् सक्ने बताईएको छ ।

कम्पनीले आगामी डिसेम्बरदेखि MVRS नामबाट शेयर कारोबार हुने बताएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post