ह्वाट्सएपले पनि थप्यो भाइबरमा जस्तै कम्युनिटी बनाउन सकिने फिचर !

 कोरखबर   २२ कार्तिक, २०७८



कार्तिक २१, काठमाडौं । ह्वाट्सएपले एकै पटक धेर प्रयोगकर्तालाई जोड्न सकिने गरी ‘कम्युनिटी’ फिचर ल्याउने तयारी गरिरहेको छ ।

एडीए डेभरलरले पहिलोपटक गत अक्टोबरमा यो फिचरको विषयमा जानकारी बाहिर ल्याएका थिए । तर, त्यसमा कुनै यकिन नभएको अवस्थामा अहिले भने ‘वाबेटाइन्फोले’ ह्वाट्सएपको बेटा भर्सनबाट त्यसको पुष्टि गरेको हो ।

हाल भाइबरमा कम्युनिटी फिचर उपलब्ध छ । त्यस्तै खाले फिचर अब ह्वाट्सएपले पनि उपलब्ध गराउने भएको हो । वाबेटाका अनुसार ‘कम्युनिटी’ फिचरले ग्रुप एड्मिनलाई धेरै महत्त्व दिने जनाइएको छ । जसमा एड्मिनले ग्रप भित्र पनि अर्को ग्रुप बनाउन सक्नेछन् ।

यसको अर्थ जसरी संस्थामा काम अनुसार कर्मचारीको समूह विभाजन गरिन्छ, त्यसैगरी ह्वाट्सएपमा पनि ग्रुपभित्र उप समूहमा विभाजन गर्न सकिनेछ । यस किसिमको सबग्रुप बनाउन सकिने सुविधा मेटा कम्पनीलेले हालै मात्र फेसबुक ग्रुपका लागि समेत सार्वजनिक गरेको छ ।

साथै एड्मिनले कम्युनिटीको लिंकमार्फत नयाँ प्रयोगकर्तालाई इन्भाइट गर्न समेत सक्नेछन् । हालसम्म यो च्याट कस्तो देखिने छ भन्ने विषयमा भने स्पष्ट छैन । तर, यो फिचर पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन सहित उपलब्ध हुने जनाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post