नागरिक एपबारे गुनासो भए टिपाउन सकिने !

 कोरखबर   ११ कार्तिक, २०७८



कार्तिक ११, काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ सुरु गरिएको नागरिक एपमा सुविधा थपिने क्रम जारी छ । सँगै एप प्रयोगकर्ता पनि बढिरहेका छन् ।

सरकारले एप प्रयोगमा कुनै समस्या वा जिज्ञासा भए निःशुल्क टिपाउन सकिने सुविधा सुरू गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले फोन र भाइबरबाट आफ्ना गुनासो टिपाउन सक्नेछन् । नेपाल टेलिकम र एनसेलका ग्राहकले ११०१ मा निःशुल्क फोन गरेर गुनासो टिपाउन सक्नेछन् ।

त्यस्तै प्रयोगकर्ताले भाइबरमार्फत पनि गुनासो टिपाउन सक्नेछन् । यसका लागि नागरिक एपको अफिसियल मोबाइल नम्बर +९७७-११२२३३४४५५ मा म्यासेज गर्न सकिनेछ ।

यसअघि आईओएस र एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध नागरिक एप अबदेखि वेबसाइटमार्फत पनि चलाउन सकिने भएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने बनाउन लागेको छ ।



 प्रतिक्रिया


 थप

गण्डकी सरकार : प्रदेश र स्थानीय तहको तथ्यांक राख्न आफ्नै डाटा सेन्टर बनाउदै

गण्डकी सरकार : प्रदेश र स्थानीय तहको तथ्यांक राख्न आफ्नै डाटा सेन्टर बनाउदै


एक करोड बढि डाउनलोड भयो ‘हाम्रो नेपाली किबोर्ड’ एप

एक करोड बढि डाउनलोड भयो ‘हाम्रो नेपाली किबोर्ड’ एप


वर्ल्डलिंकले भित्र्यायाे उच्चस्तरको इन्टरनेट सेवा !

वर्ल्डलिंकले भित्र्यायाे उच्चस्तरको इन्टरनेट सेवा !

पोल भाडा विवाद : इन्टरनेट र केबललाई छुट्टाछुट्टै शुल्क तोक्न सुझाव !

पोल भाडा विवाद : इन्टरनेट र केबललाई छुट्टाछुट्टै शुल्क तोक्न सुझाव !


बक्यौता नतिरेपछि सुमार्गीको हेलो नेपाल टेलिकमको लाइसेन्स खारेज !

बक्यौता नतिरेपछि सुमार्गीको हेलो नेपाल टेलिकमको लाइसेन्स खारेज !


सेटलाइटसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिष्टमा छानिए !

सेटलाइटसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिष्टमा छानिए !

ह्वाट्सएपले पनि थप्यो भाइबरमा जस्तै कम्युनिटी बनाउन सकिने फिचर !

ह्वाट्सएपले पनि थप्यो भाइबरमा जस्तै कम्युनिटी बनाउन सकिने फिचर !


फेसबुकले नाम मेटा राख्यो, , शेयर कारोबार हुने सिम्बल पनि फेरिने !

फेसबुकले नाम मेटा राख्यो, , शेयर कारोबार हुने सिम्बल पनि फेरिने !


इन्टरनेट सेवा प्रवाहमा पुर्‍याइएको अवरोधप्रति क्यानको निन्दा !

इन्टरनेट सेवा प्रवाहमा पुर्‍याइएको अवरोधप्रति क्यानको निन्दा !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post