नेदरल्यान्डमा टिकटकलाई साढे ७ लाख युरो जरिवाना

 कोरखबर   ८ सावन, २०७८



८ साउन, हेग । नेदरल्यान्डका तथ्यांक सुरक्षा अधिकारीले साना बच्चाको गोपनीयता उल्लंघन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध ७ लाख ५० हजार युरोबराबरको जरिवाना घोषणा गरेका छन्।

नेदरल्यान्ड तथ्यांक संरक्षण प्राधिकरणले टिकटकको एप स्थापनासम्बन्धी जानकारी अंग्रेजीमा रहेको र डच बच्चाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको जनाएको छ। ‘टिकटकको व्यवस्थापनले गोपनीयतासम्बन्धी सूचना डच भाषामा नदिएकाले उनीहरूको व्यक्तिगत तथ्यांक कसरी एपले संकलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ’, डीपीएद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।   

डीपीएका अधिकारीले यो गोपनीयता कानुनको उल्लंघन भएको बताए। ‘जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्यांक के भइरहेको छ भन्नेबारे स्पष्ट जानकारी दिनुपर्दछ’, ती अधिकारीले भनेका छन्। तथ्यांक संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्यान्ड्समा ३ करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जालमाथि गत वर्ष अनुसन्धान आरम्भ गरेको थियो। यद्यपि, डीपीएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ।   

एएफपीलाई दिइएको बयानमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताका लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ। डच तथ्यांक संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसअघि नै सहमति गरेको दाबी टिकटकले गरेको छ। एजेन्सी



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post