यात्रा संस्मरण : निषेधाज्ञामा जोखिमको नाईट यात्रा

 कोरखबर   ७ असार, २०७८



असार ७, ईटहरी । कामको शिलशिलामा पुर्व ईँटहरीसम्म पुग्नुपर्ने थियो । अघिल्लो दिन भाडामा कुरा मिलेन। माईक्रोवालाले यात्रु थोरै भए क्यान्सिल हुनसक्छ पनि भने। यस्ता बिषयको ब्यबस्थापन अफिसमा मेरो भाईले गर्नुहुन्छ, उहाँकै जिम्मामा छोडे। नभन्दै इटहरी जानेभाडा ४ हजार बाट तल ओराल्न नसकेको मैले भोलिपल्ट भाईले ३ हजार मा फिक्स गरे ।

सिमसिम पानीमा रुझ्दै माईक्रोले बोलाएको ठाउँ मनहरा पुल पारी गएर बसेँ। १० मिनेट ,५ मिनेट भन्दै माईक्रोवालाले १ घन्टा बढि कुराए। 

ब्याग बोकेर बसेको देखेर होला एकजना गाडी दलाल आएर सोधे :-
भाइ कहाँ जाने ? पुर्ब हो ? 
म : इटहरी जाने हो, माईक्रो आउदैछ। 
उनि : ल, मेरो माईक्रो पनि आउदैछ मिलाएर हालिदिन्छु।
भाडाको कुरा आएकाले सोधे: मिलाएर भनेको कति हो ? 
उस्ले सोध्यो : उस्ले कति भनेको छ ?
मैले ५०० घटाएर बोले २५ सय ।
ठिक्कै छ भाइ समय यस्तो छ करिब १२/१५ ठाउको चेकिङमा सेटिङ मिलाउनुपर्छ । यो हामिले लिने होईन् । ठिक्कै छ २५०० नै दिनु न त। 
म : हुन्न २५०० नै तिर्नुपर्ने भए आफ्नै गाडी कुर्छु।

फेरि उ बोल्यो : ल कतिमा जाने भन्नू न त ?

२००० मा हुन्छ भने जान्छु। 

उनि : ल ठिक छ। भाडा दिनु। 

म : भाडा माईक्रो चढेपछी दिन्छु। 

५ मिनेट पछि नै पुलमा चेकिङ बसेका प्रहरी सरहरुलाई हात हल्लाउदै माइक्रो आयो। पुरानो डिल भएको माईक्रो अझ आएको थिएन । घरमा फोन गरें र मोबाइल फ्लाईट मोडमा राखेर कानमा एयरबट घुसाए अनि महोमद्द रफ्फी सुन्न थाले।

जगातिमा ड्राईभरले डिस्टब गरे ,भने एकजना बोल्न जान्ने मान्छे गएर किन जान लागेको पुलिसलाई भनिदिनुपर्यो। पुलिसको अघि गएर उभिए । ड्युटीमा रहेका पुलिसले सोधे : के बाध्यता पर्यो तलाई घर जान ? साधारण ड्रेसमा भएकाले बिस्तारै साधारण तरिकामा बोले : असार १ गतेदेखी लकडाउन खुल्छ भन्ने हल्ला थियो तर फेरि थपियो रे ! यहाँ काठमाडौमा काम छैन सर ,घरमा रोपाई गर्ने समय भएको छ त्यहिभएर जान लागेको सर । 

कालो वर्ण भएकाले पोलको बत्तिको उज्यालो मा सायद मधेसी नागरिक जस्तो देखिएको थिए। त्यसैले तं त र म म को अपमानित हुने अर्को एउटा अबसर मिलेको थियो मलाई। जगाती बाट छुटिएको केही समयमा धुलिखेल तल चेकिङमा गाडी रोकियो। नियालेर हेरे, ड्राईभर चौकी बाहिरका पुलिसको इसारामा चौकी भित्र प्रबेस गरेको ४र५ मिनेटमा गाडी अघि बढ्यो। एकछिनमा छेउको २०/२२ बर्षका २ भाईहरु मध्ये एकले डिस्टब गरे , सर सुनिये न सर 
आँप काहा जारहे हो?

म : मे इटहरी जा राहाहु।
उनि: यिन लोगोने आपसे कित्ने भाडा लिये ?
म : दो हजार रुपैए, आपका कितना हे ? 
उनि : हामारे पास ३५०० था वो दिया, फेर बोला हे अर २००० दिना पडेगा। 
मः मतलब आपका भाडा ५५००।
उ बोल्यो हाँ पहिलेबार ६००० बोले थे। 

आफ्नै गतिमा हुँईकिरहेको गाडिले राजमार्गका घुम्तिहरु छिचोल्दा पर सम्म बाटो भरी लस्करै गाडीहरु हुँईकिरहेको प्रष्ट देखिन्थ्यो । मैले सोचे हाम्रो गाडिमा मात्र १० जना छ्न । यत्रा गाडी हिडेका छ्न ,लकडाउन भयो भन्दैमा तेल खपत बढ्ने होइन फेरि भाडामा यस्तो मनलाग्दी आखिर किन ? 

भकुण्डेमा खाना खान रोकिदा गाडीका प्राय सबैलाई सोधे ३५०० तल भाडा तिर्ने कोहि थिएनन् । एक परियार थरका भिमान ओर्लिने भाईको चाहिँ मात्र २ हजार  थियो। जगातिको कामदारको अभिनय देखेर होला भकुण्डेबेसिमा खाना लिन लाग्दा मेरो टेबलमा गाडिको ड्राईभर आएर संगै बसे। म बोले गुरु मलाई २/४ दिनमा फर्किनुछ। भाडा कति लाग्छ ?
आज कति तिर्नुभएको हो र ? मैले बोले २ हजार ! ओहो हो र मिलाएर गरिदिएको रैछ्न। काठमाडौ छोड्नुभन्दा छिर्न गाह्यो छ त्यसैले भाडा अलि धेरै छ। 
हुन्छ २/५०० बढेर मलाई फरक पर्दैन।

हामिले सम्पर्क नम्बर साटासाट गर्यो। १ घण्टा पछि हामी भकुन्डेबाट निस्कियौं पुनः गित सुन्न एयरबट कानमा घुसाए, तर कुनै गितमा पनि मन बसेन । धेरै गित चेन्ज गरेँ, उकुसमुकुस फिल भयो। कानबाट हटाए र अगाडि सिटको धरानको दिदिलाई सोधे दिदी यत्रो भाडा किन तिर्नुभएको त ? मेरो श्रीमान स्टाफ हो उहाँले नै कुरा गर्नुभएको , उनले भनिन , के गर्ने ४/५ दिन भैसक्यो गाडी नै पाईएन ठिकै छ।

कम्प्लेन गरे हुन्छ नि त ? यो देशमा केही हुन्न भाइ । यिनिहरुको पुलिससंग सेटिङ हुन्छ, बाटो बाटोमा गुन्डाहरु यिनिहरुकै हुन्छ्न बाठो बन्नु हुन्न भाई ।

सोंचे ओहो यसैगरी चलिराछ है। फेरि मधेसी भाईलाई सोधे के काम गर्छौं? अब चाहिँ उनी नेपाली मै बोल्न थाले घर बनाउने हेल्पर। ए यो काम गर्नेले त धेरै कमाउछ रे हैन ? अलिअली कमाई त हुन्छ ठेकदारले पैसा दिदैन । अहिले पनि मेरो ठेकदार संग ४० हजार लिनु छ । सुस्ताएको स्वरमा बोले, अब लकडाउन खुलेपछी पैसा उठाएर कतार जाने। 

आफ्नै गतिमा हुँईकिरहेको गाडिले राजमार्गका घुम्तिहरु छिचोल्दा पर सम्म बाटो भरी लस्करै गाडीहरु हुँईकिरहेको प्रष्ट देखिन्थ्यो । मैले सोचे हाम्रो गाडिमा मात्र १० जना छ्न । यत्रा गाडी हिडेका छ्न ,लकडाउन भयो भन्दैमा तेल खपत बढ्ने होइन फेरि भाडामा यस्तो मनलाग्दी आखिर किन ? 

नेपालथोकमा गाडी रोकिएको निक्कै बेर ड्राईभर आएनन । करिब १५ मिनेट पछि उनि आए र गाडी पार्क गरेर आफ्नो सिटमा सुते र भने हामी सबै सुतौं, बिहान ५ बजे मात्रै गाडी छुट्छ।

छट्पटी भैरहेकाले गाडिबाट निस्किएर पुलिस काउन्टर छेउ गएर ३० मिनेट गतिबिधी हेरेर चुपचाप बसे। त्यो बिच बिरामी देखाएर २ वटा माईक्रो छुटेपछि मैले प्रजिअको मोबाइल नम्बर गुगल गरेर फोन गरेँ 

म : CDO साब काठमाडौ बाट यत्रो गाडी छोडेर यहाँ पानी परिरहेको सडकमा मध्यरात यत्रा यात्रु किन अलपत्र पार्नुभएको ?

CDO साब : त्यो काठमाडौको CDO लाई शोध्नु । हामीले १० बर्षदेखी यो रुटमा राती गाडी हिड्न दिएका छैनौं।

म : अनि यहाँ बन्द छ भनेर नागरिक लाई सार्बजनिक सुचना दिनुभको छ कि छैन नि ?

CDO साब :  निषेधाज्ञामा त्यो जरुरी छैन स्वत् हिड्न पाईदिन नि!

म : तपाईंको निषेधाज्ञा देखियो,मनलाग्दी भाडा छ,यत्रा गाडिको लाम छ, कसरी यो निषेधाज्ञा भयो त?

CDO साब : हामिले त्यहिभएर गाडी रोकेका हौं बाँकी कुरा काठमाडौ लाई नै सोध्नुस है ।..........फोन कट हुन्छ।

एकछिनमा थुप्रै  मान्छेले काउन्टर घेरे । एकजना दिदी झगडा गर्न थाल्नु भो। प्रहरी जवान बोले तपाईं कराएर केही हुन्न माथिको आदेस हो हामिले त पालन गर्ने मात्र हो। करिब १ घन्टाको चर्काचर्किपछी प्रहरी जवानले असई साब आएर मिलाउनुहुन्छ भने। 

असई आएपछि सुरुमै थर्काउन थाले। मान्छेहरु तितर बितर भएपछि मैले २र४ कानुनी प्रश्न गरे । त्यसपछि उनी चुपभए र फेरि भने हामी त आदेश पालक मात्रैहौ सर अरु कुरा हामिलाई थाहा भएन। त्यसपछि गाडिमा रहेका सबै मानिसलाई उतारेर नाराबाजी गर्नुपर्यो भनेर गाडिमा मान्छे बोलाउन गएको त २ वटा गाडिमा बिरामी छट्पटीले रोहिरहेका थिए। बिमारीको आफन्त लाई सोधे यस्तो बिरामिलाई किन माईक्रोमा ल्याउनुभएको त ? एम्बुलेन्सले २० हजार भन्यो , माईक्रोमा ७५०० मा २ वटासिट मिल्यो त्यही भएर ।त्यसपछि प्रहरी जवान लाई ल्याएर देखाए ।उनले एकछीन कोअडिनेट गरे र ति दुबै गाडी छाडीदिए। 

गाडी छुटेको केही समयमा मलाई ४/५ जना मान्छेहरुले घेरेर कोहि बिमार रहेको, कोहिको आफन्त बितेकोले जान लागेकोले गाडी छुटाउन पहल गरिदिन अनुरोध गर्न लागे। प्रहरी जवानको डिउटी चेन्ज भएकाले दोस्रो जवानले एक मृतकका आफन्तलाई छोड्न आनाकानी गरेपछि मैले निबेदन लेखेर असईलाई पठाएपछि त्यो गाडिपनी छुट्यो।

बिहानको ४:४५ भयो । डाईभर उठेर पुलिस काउन्टरतिर लागे। एकछिनमा फर्किएर गाडिमा आए र सबैलाई भन्दैथिए हामिलाई छिटो जानुछ, पुलिसले भाडाको बिषयमा कुरा गर्ला जस्तो छ,सबैले १०००/१२०० लिएको छ भन्नु है नत्र गाडी नजान नि सक्छ !

बिदेशबाट ठूलो सुटकेस बोकेर एक मधेसका भाइ मलाई भन्दैथिए सर हामको गोलबजार जाना हे, भाडा ५ हजार मार्दिया। मैले ड्राइभर को हो ? भेटाउन भने । । ड्राइभरलाई सोधेँ : किन त्यत्रो भाडा लिनुभएको गुरु जि ? 

ड्राइभर : अझ सस्तो हो दाई । उहाँ लाई मैले यस्तो बेलामा गल्ली गल्ली छिराएर होटल बाटै रिसिभ गरेको हो। 

म : तपाईंहरुको गाडिको पास छ भनेर यत्रा यात्रु झुक्याएनु भएको छ त ? अनि किन छिराउनुपर्यो गल्ली गल्ली ?

ड्राइभर : पास त छ नि तर यताको मात्र छ, काठमाडौमा ल्याङ गर्छ्न त्यहिभएर ।

मैले मधेसी भाईलाई लिखित उजुरी दिन आग्रह गरे र आफुले निबेदन लेखिदिने र पैसा फिर्ता गरिदिने भनेँ । उनी हुन्छ भन्दै गाडी नम्बर हेर्न जान्छु भनेर गाएब भए। करिब १ घण्टा पछि उनलाई गाडिमा चुपचाप बसिरहेको देखे र सोधे : भाइ उजुरी नदिने ? नाई दाइ यिनिहरु बाटोमा लफडा गर्छ फेरि उजुरी दिएको गाडी जादैन अरे हामी फेरि यहाँ अलपत्र पछौं सबैले यस्तै भाडा उठाएका छ्न के गर्ने ? कोहि के समस्याले कोहि के समस्या लिएर रोदन गरिरहदा प्राईभेट गाडिहरु खुरुखुरु बिना चेकिङ आवात-जावात गरिरहेको देखेर पुरानो गितको याद आयो........... 

गाई त बाध्यौं ढुंग्रोमा मोही छैन, मोही छैन ।।
गरिबको चमेली बोल्दिने कोही छैन’ ।।

धनहुनेलाई छदैछ चैइन चैइन ।।

गरिबलाई चमेली लाग्दछ ऐइन ‘

गरिबलाई लाग्दछ ऐइन ऐइन ।।

गरिबलाई चमेली लाग्दछ ऐइन ।।।

अब बिहानको ४:४५ भयो । डाईभर उठेर पुलिस काउन्टरतिर लागे। एकछिनमा फर्किएर गाडिमा आए र सबैलाई भन्दैथिए हामिलाई छिटो जानुछ, पुलिसले भाडाको बिषयमा कुरा गर्ला जस्तो छ,सबैले १०००/१२०० लिएको छ भन्नु है नत्र गाडी नजान नि सक्छ !

एकछिन गाडी सुनसान हुन्छ । दिदिहरु हुन्छ-हुन्छ, तर छिटो जानुपर्यो के ! फेरि मधेसमा नि यस्तै हुने हो कि ? म बोले यसै ढिला भो उसै ढिला भो , तपाईंहरुले भाडा जत्ती लिएको हो उत्ति नै भनिदिन्छौ हामी। पास छ बिहान ४ बजे इटहरी पुर्याउछु भनेको होइन ?जगातिमा झुठ बोलेको फाईदा के भो ? फेरि ड्राईभर कन्फिडेन्टसाथ बोले तपाईंहरुले साँचो बोलेपनी ढिला हुनेबाहेक केही हुदैन जे मन लाग्छ गर्नु। सबैगाडी चेकिङ सकेर अन्तिममा पुलिस हामिकोमा आयो। मैले सबैलाई निर्धक्क नडराई कुरा राख्न भने र मोबाईलमा रेकर्ड गरे । ड्राईभरले आफुले निश्चित भाडा मात्र पाएको सबै दलालले खाएकाले पैसा फिर्ता नदिने अडान राखे। कता कता बाट फोन गरेर असई माथी दबाब बढाए। असई दबाबमा आएपछी मैले पनि अडान दोहोर्याए भोलि यो मिडियाको बिषय नबनोस । तपाईंहरु सबैलाई गाह्रो हुन्छ। यत्रो गल्ती गरेको गाडिलाई समातेर कालो बजारी र निषेधाज्ञा उलंघनमा मुद्दा चलाउन तपाईंहरुलाई कुन शक्तिले रोक्दैछ? त्यसपछि असईले यो आफुले सल्ब गर्न नसक्ने देखेर होला गाडिमा एक प्रहरी जवान सहित खुर्कोट पठाए। खुर्कोटमा ईन्सपेक्टरले सबैको अगाडि ड्राईभरलाई पैसा फिर्ता गर्न नभए मुदा चलाउन जिल्ला पठाउने चेतावनी दिए। ड्राईभरले पुनः अडान दोहोर्याए म संग पैसा छैन। उनी तारनतार छेउ लाग्दै मोबाईलमा कसैको निर्देशन लगिरहेका थिए। मैले ईन्सपेक्टरको अघि भने यत्रो अपराध गरेको पुष्टि हुँदा पनी गाडीलाई मुद्दा चलाउन तपाईंहरुलाई कस्ले रोकि रहेको छ ? तपाईंहरुमाथी पनि आरोप छ कि यिनिहरुले यात्रु संग डिल गर्दा पुलिस लाई खुवाउनुपर्छ भनेका छ्न त्यो कुरा पुष्टि नहोस।  

ईन्सपेक्टरले  भने हामिले निषेधाज्ञामा मात्र करिब ७०००० जरिवाना गरिसक्यौं । उजुरी आएका सबै माथी कार्वाही भएको छ । पत्रकारहरुले सत्यतथ्य नबुझी समाचार लेख्छ्न । ईन्सपेक्टरले आफ्नो अडान दोहो¥याए, कत्तिपय ब्यबहारिक पाटा हुन्छ्न हामिले सकेसम्म मिलाउनुपर्छ। यत्ती ढुक्क हुनुस की, यो ड्राइभरले तपाईंहरुको पैसा फिर्ता नदिई यहाँबाट जादैन । 

उनले हामिलाई केहि समय खुर्कोट चौकिको प्रतिक्षालयमा जान अनुरोध गरे। धराने दिदी ड्राइभर छेउको सिटमा बसेकाले ड्राइभरले फोनमा गरेका कुराहरु दिदिले सुनिरहनु भएको रहेछ । भन्दैहुनुहुन्थ्यो माथि-माथी फोर्स लगाईरहेकोले हाम्रो पैसा फिर्ता हुन्न कि के हो दाई । म बोले पैसा फिर्ता नभए यिनिहरु सबै फस्छ्न, म माथी कुरा गर्छु। म संग सबै प्रमाणहरु सुरक्षीत छ्न। 

हामी निस्कनै लाग्दा ईन्सपेक्टर बोले मेरो नाम ईन्सपेक्टर अनिल गिरि हो । मेरो मोबाईल नम्बर सबैले टिप्नु होला।  बाटोमा केही परेमा , ड्राइभरले धम्क्याएमा  मलाई फोन गर्नुहोला । 

एकछिनमा ड्राइभर पैसा फिर्ता गर्न राजी भए। इटहरी जाने हामी ५ जना मात्र रहेछौँ । अरु सबै भिमान , बर्दिबास , गोलबजार लगायतमा ओर्लिए ।  ड्राइभरले १४ हजार ७०० लिईसकेको पैसा फिर्ता गरे। त्यसैगरी लिन बाँकी करिब ६५०० मिनाहा गरेर पुलिसलाई ५००० को फाईन तिरे। हामि सबैको अगाडि ईन्सपेक्टरले फोन लगाए सर हामिले त्यो गाडिलाई ठगिएको सबै पैसा फिर्ता गर्न लगाएर ५००० को फाईन तिराएर छोडिदिन लागेको। त्यसपछि उनी मलाई हेर्दै अलि पर गए। उनी पर जाँदै गर्दा यत्ती मात्र सुने सर हामिसंग यस्को बिकल्प थिएन.......।

हामी निस्कनै लाग्दा ईन्सपेक्टर बोले मेरो नाम ईन्सपेक्टर अनिल गिरि हो । मेरो मोबाईल नम्बर सबैले टिप्नु होला।  बाटोमा केही परेमा , ड्राइभरले धम्क्याएमा  मलाई फोन गर्नुहोला । म तिर हेर्दै भने सर तपाईं जान्ने बुझ्ने हुनुहुन्छ,आजको लागि तपाईं प्रहरी हो । अब तपाईंको जिम्मामा भयो, हामी ढुक्क छौं। 

हामी गन्तव्य तिर निस्कियौं। ड्राइभर फोनमा ब्यस्त देखिन्थे। बिहानको ११:३० तिर बर्दिबासमा पुन गाडी रोकियो। ड्राइभरले गाडिमा तेल नभएकाले ५००० को तेल नहाले जान नसक्ने अडान दोहोर्याउदै गाडी रोके। पैसा नभएकाले फिर्ता गर्न नसक्ने अडान दोहोर्याएका ड्राइभरको ईन्सपेक्टर अनिलले सबै खानतलासी गरेर पैसा तिरेको देखेका हामिले, फिर्ता भएको पैसा आफै-आफैबाट उठाएर २० लिटर तेल भरिदियौं। उनी कम्तिमा ३० लिटर तेल भरिदिनुपर्नेमा अडान लिईरहेका थिंए। करिब १ घण्टा कुरेपछी एकजना दिदिले ईन्सपेक्टरलाई फोन गरिदिने धम्की दिईन। ड्राइभर उस्तै कन्फिडेन्ट देखिए । 

आक्रोशसहित बोेले गर्नुस केही फरक पर्दैन। मौलिमा पुगेपछि ड्राइभरले उदारोमा फुल तेल भरे र हामी पुन: अघि गयौं। मधेसमा सानो सानो चेकिङ थियो तर कहि पनि अड्किनुपरेन । म झुम्कामा ओर्लिएँ । अगाडि जादाँ तलमाथी केही होला भनेर मेरो मोबाईल नम्बर लिनुभएको दिदिको बेलुका फोन आयो। दाई , ड्राइभर भन्दैथिए,  सबै बिगारेको तपाईंले हो अरे । उनिहरुसंग सबै सुचना छ, यस्को हिसाबकिताब हुन्छ भन्दैथिए। सुरक्षीत रहनुहोला। 

  • सल्लाह तथा सुझावका लागी 

                     hariramrimal@gmail.com



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post