सुपर मार्केट , मार्ट र ब्यबस्थित पसलहरुको प्रवर्दन गरौं !

 हरिराम रिमाल   २४ असोज, २०७७



हामीले केही सातायता कोभिड-१९ बाट प्रभावित आर्थिक क्षेत्रहरुबारे छलफल गरिरहेका थियौं । आजको छलफलमा हामी कोभिड-१९ बाट प्रभावित भन्दापनि ज्यादा लाभान्वित क्षत्र सुपर मार्केट , मार्ट र होलसेल पसलको बारेमा छलफल गर्नेछौं । 

बिषय प्रबेश

प्राचिनकालमा ब्यापारीहरुको काम कुनै एउटा क्षत्रमा ह्यान्डमेड उत्पादित बस्तु तथा सेवाहरुलाई अर्को समुदाय सम्म पुर्याएर बिनिमय गर्ने प्रणाली लाई व्यापार भन्न थालियो । उनिहरुले मुख्य गरि कृषि उत्पादनहरुको बिनिमय गर्थे । एरिस्टोटलले आफ्नो समयमा ब्यापारीहरुलाई तुच्छ जाती भनेर अपमानित गरेका छ्न।

मध्यपुर्बमा बढ्दो मुस्लिम अतिक्रमण रोक्न र क्रिश्चियानिटिको रक्षा गर्न भन्दै मुख्यःत इटलिको रोमबाट १० औं शताब्दी देखि १३ औं शताब्दीको अन्त्यसम्म लाखौं कृश्चयनहरुले लामो लामो धार्मिक यात्रा गर्छ्न । जुन यात्राको क्रममा बिचबिच बाट ब्यापारीहरु गाएव हुन्छन। र उनिहरु आफ्नो ठाउँमा उत्पादित मुख्य बस्तु तथा सेवाहरुलाई अर्को समुदाय सम्म बिनिमय गर्न पुग्छ्न । यो क्रम बढ्दै जाँदा एउटा स्थिर बिनिमयको साधन मुद्राको प्रचलन बढ्दै जान्छ, र ब्यापारीहरुले मनग्य मुद्रा संङ्कलन गर्न सक्षम हुन्छ्न।

कोभिड-१९ बाट सबै क्षेत्र स्थिर हुदापनि यो क्षेत्र जुनसुकै माध्यम बाट भएपनी प्रत्यक्ष अप्रत्यक्ष संन्चालनमा थियो। यदी कोभिडबाट यो क्षेत्रले केही गुमाएछ भनेपनी अबस्था अलि सहज हुनेबित्तिकै यो क्षेत्रले रिकभरी गरिहाल्छ। 

अब उनिहरुले अरुले उत्पादन गरेको बस्तुतथा सेवामा भन्दा आफैले उत्पादन गरेको बस्तु तथा सेवामा मनग्य मुनाफा देख्छ्न र त्यो संकलित भएको मुद्रा लाई एउटा निश्चित स्थानमा बस्तु तथा सेवाहरुको उत्पादन गर्ने उद्योगमा लगानी गर्छ्न। स्थिर उत्पादनले स्थिर बजारको माग बढ्न थाल्छ। र बस्तु तथा सेवाहरुको स्थिर बजारको रुपमा हप्ताको २/३ दिन हाटबजार जस्तै निश्चित बजारहरु बस्न थाल्छ। जनसंख्याको तिब्र वृद्धि र बजारको माग बढ्न थालेपछि अलि ठूलो समुदायको बसोबास रहेको क्षत्रहरु संगै स्थिर बजारहरु नियमित रुपमा संन्चालनमा आउन थाल्छ्न । जस्ले शहरीकरण र पुजिँवादको सुरुवात हुन्छ्न। अब यहि हाट बजार बाट ठूलो परिणाममा बिनिमय हुन थालेपछि राज्यको आँखा लाग्छ र राज्यले यस्लाई प्रमुख कर उठ्ने क्षत्रको रुपमा महत्वका साथ हेर्छ। त्यस्ले गर्दा यो क्षत्र निक्कै छिटो छिटो बिकशित हुदै जान्छ। यो ब्यापार को शैलिको सबैभन्दा ब्यबस्थित र उच्चतम रुपमा आज हामी सुप्पर मार्केट,मार्ट अथवा होलसेल पसललाई लिन सक्छौं। 

कोभिड-१९  मा यो क्षेत्र

कोभिड-१९ बाट सबै क्षेत्र स्थिर हुदापनि यो क्षेत्र जुनसुकै माध्यम बाट भएपनी प्रत्यक्ष अप्रत्यक्ष संन्चालनमा थियो। यदी कोभिडबाट यो क्षेत्रले केही गुमाएछ भनेपनी अबस्था अलि सहज हुनेबित्तिकै यो क्षेत्रले रिकभरी गरिहाल्छ। मुख्य त यो क्षेत्रले मानिसका दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको ब्यापार गर्ने हुदा अरु सबै क्षेत्र स्थिर हुदापनी यो क्षेत्रको स्थिरताको कल्पना गर्न सकिन्न। यो मानिसको अत्ति आबश्यक बस्तु तथा सेवाहरु व्यापार गर्ने क्षेत्र भएकाले राज्यको प्रत्यक्ष उपस्थिति यो क्षेत्रमा अनिवार्य छ।

तेङ स्याउ पिंङ भन्थे ब्यापारी , पुजिँ र प्रबिधिको कुनै निश्चित राष्ट्रियता अथवा नागरिकता हुदैन यसको उद्येश्य नाफा कमाउनेमा हुन्छ त्यो पनि तिब्र मुनाफा । उनले ब्यापारीको यहि कमजोरीलाई समातेर सन ८० को दशकमा संसारभरका ब्यापारीलाई चिन भित्राउन सफल भए। अथवा ब्यापारीको यहि कमजोरी तिब्र मुनाफा मानिसको दैनिक उपभोग्य बस्तु तथा सेवाहरुमा अप्लाई भयो भने समाजमा क्रेता र बिक्रेताको दुरि बढ्दै जान्छ। माक्स आफ्नो पुस्तकमा पुजिँमा क्रेता र बिक्रेताको दुरी बड्दै जादा कालान्तरमा क्रेताले ब्यापारीको सामान खरिद गर्न नसक्ने अबस्थामा ब्यापारीको गोदाममा सामानको स्टक थन्किने र उस्तै उद्योगपतिको सामानको पनि थन्किने अबस्थामा आर्थिक मन्दी तर्फ जाने तर्फ सचेत गर्छ्न । अथवा ब्यापारीको तिब्र मुनाफा कालान्तरमा आफ्नै लागि पनि प्रतिउत्पादक हुने तर्फ सचेत गर्छ्न ।

देशभित्र सरकारले रोजगारको वातावरण बनाउन नसक्नु र माओवादी जनयुद्ध फैलिदै जान थालेपछि हठात सरकारले बाह्य श्रमबजार खोज्न थाल्यो । स्किल नभएका नेपाली युवाहरु बाह्य श्रम बजारमा एकदमै सस्तो मुल्यमा आफ्नो श्रम बेच्न बिदेशिन थाले । 

भनिन्छ,सन १९२९ को आर्थिक महामन्दी वा सन २००८ मा देखिनेगरी यस्तो अबस्था सृजना हुदा सरकारहरुले ठूलो परिणाममा खर्च गर्नुपरेको थियो। इतिहासबाट हामिले एउटा पाठ सिक्नैपर्छ यो क्षत्रमा सरकारको उपस्थिति उत्पादक , क्रेता र बिक्रेता बिचको दुरि स्थिर राख्न अनिवार्य सर्त हो तर सरकार आफ्नै उत्पादक अथवा बिक्रेताको रुपमा होइन । अर्को पाटो चाहिँ सरकारले ब्यबस्थित गर्न सके यो क्षत्रबाट मनग्य राजस्व संकलन गर्न सक्छ। 

आर्थिक उदारीकरणको खराब एक दशक 

वि.सं. २०४६ सालको परिवर्तनले राजनीतिमा मात्र होइन बजारलाई पनि खुल्ला गर्यो । आर्थिक उदारीकरणको चरण सुरु भयो तर त्यो करिब एकदशकमै सिमित बर्गको सिन्डिकेटको सेन्टरमा रुपान्तर भयो। संसारभर आर्थिक उदरीकरणले ठूलो मात्रामा औद्योगिकरणको सुरुवात गरे त्यहाँ ठूलो मात्रामा रोजगारी सृजना भयो। हामि कहाँ आर्थिक उदारीकरणले शिक्षा , स्वाथ्य जस्ता जनताको अत्यावश्यक क्षेत्रहरुमा ब्यापारको सुरुवात गर्यो। बहुराष्ट्रिय कम्पनीहरु निर्वाद रुपमा नेपाल आए। हामिले उनिहरुलाई नेपाल आउने हाम्रो मापदण्ड बनाउन सकेनौं । जसले गर्दा व्यापार राम्रो नजानेका हाम्रा प्राचीन घरेलु उत्पादनहरुले बाहिर उत्पादित बस्तुहरु संग प्रतिस्पर्धा गर्न सक्षम नहुदा ति चाडै टाट पल्टिए। देश भित्रको पुजीँ उत्पादन स्थिर क्षेत्रहरुमा जाम भएर बस्यो। ब्यापारको माध्यमबाट ठूलो पुजीँ बाहिर जान थाल्यो। यो बेरोजगारीको भयाबह परिणामस्वरुप माओवादी जनयुद्ध फैलिदै गयो।

चिनमा देङको दशकमा बहुराष्ट्रिय कम्पनीहरुको प्रवेशले यस्तै सिन्ट्रमहरु देखिन थालेपछि राष्ट्र प्रमुख जियाङ ज्यामिनले ठुलोमात्रामा चिनियाँ घरेलु उत्पादनहरुको आधुनिकीकरण गर्न खर्च गरेर चिनियाँहरुलाई जोगाएका थिए । यो क्रम हु जिन ताओ सम्म पनि चलिरहेकै थियो ।

देशभित्र सरकारले रोजगारको वातावरण बनाउन नसक्नु र माओवादी जनयुद्ध फैलिदै जान थालेपछि हठात सरकारले बाह्य श्रमबजार खोज्न थाल्यो । स्किल नभएका नेपाली युवाहरु बाह्य श्रम बजारमा एकदमै सस्तो मुल्यमा आफ्नो श्रम बेच्न बिदेशिन थाले । सुरुमा खांडि मुलुक र दोस्रो चरणमा उच्च शिक्षाको नाममा युरोप र अमेरिका तिर ठुलो मात्रामा पलाएन भए। ६२/६३ को शान्ती प्रक्रिया र खुल्ला वातावरण बनेपछि नेपाल ग्लोबलाइजेसनको एक हिस्सा बन्न थाल्यो। बिदेशिएका नेपाली युवाहरु आफ्नो घर आवातजावत गर्न थाले । अलि अलि पुजिँ जम्मा गरेका युबाहरु गाउँ बाट शहर बसाई सर्न थाले। आफ्नो मुलुक फर्किदा अन्तर्राष्ट्रिय बजारमा जस्तै ब्यबस्थित सपिङ्ग मार्केट उनिहरुको रोजाइमा पर्न थाल्यो ।  

बि.स ४० को दशकमा मिनबहादुर गुरुङले काठमाडौको टंङ्गालबाट भाटभटेनी मन्दिरको नामबाट ब्यबस्थित पसलको सुरुवात गर्छन। सुरुवातमा भाटभटेनिको गति पनि सुस्त थियो। अलि सम्पन्न क्रेताहरु मात्र भाटभटेनी जाने गर्थे र त्यो एकदमै सानो संङ्ख्यामा थियो। तर ठूलो संख्यामा बिदेशिएका नेपाली युबाहरुले बिदेशमा जस्तै ब्यबस्थित पसल खोज्न थालेपछि ब्यबस्थित पसलको ट्रेन्ड ह्वात्तै बढ्छ।


नेपालमा सुपर मार्केट वा मार्ट

उद्योगी बिनोद चौधरीले आफ्नो पुस्तक बिनोद चौधरी अटोबायोग्राफीमा बताए अनुसार आफुभन्दा अघिल्लो पुस्ताले दरवारमा बस्तु तथा सेवाहरु सप्लाई गर्ने गरेको बाट, ब्यापारको सुरुवात भएको भनेबाट र राजा महेन्द्रले व्यवस्थित र प्रतिस्पर्धि ब्यापार कै लागि संसारभर कहलिएका भारतको राजस्थानको माडवारी समुदायलाई बोलावट भएको बाट के बुझ्न सकिन्छ भने बि.स ३० को दशकमा पनि काठमाडौमा ब्यबस्थित र सुबिधासम्पन्न पसलहरु नभएको पुष्टि गर्छ।

नेपालको आर्थिक इतिहासका अनुसन्धानकर्ता महेशचन्द्र रेग्मिको पुस्तकहरुबाट पुतलीसडक , असन , मङलबजार (पाटन) ,ठिमी जस्ता पुराना नेवारी बस्तीहरुमा भाँडाकुँडा र यहाँका घरेलु उद्योगहरुबाट उत्पादित कपडाहरुको ब्यापार हुने गरेको भएपनी ब्यबस्थित पसलहरु नभएको तर्फ संकेत गर्छ। केही ब्यबस्थित पसलहरु खुलेपनी ति दिर्गकालसम्म टिक्न नसकेको तर्फ संकेत गर्छ अथवा त्यो ब्यबस्थित पसलको क्रेता बनी नसकेको तर्फ संकेत गर्छ। 

बि.स ५० को दशकमा बिदेशमा जस्तै सपिङ ट्रेन्ड बनाउन लाहुरेहरु बढ्दै गएको बस्ती मोफसल पोखरामा केही युबाहरुले सेलवेज सुप्पर मार्केटको सुरुवात गर्छ्न । अहिले देशभर यो ट्रेन्ड ह्वातै बढेको छ ।

तर बि.स ४० को दशकमा मिनबहादुर गुरुङले काठमाडौको टंङ्गालबाट भाटभटेनी मन्दिरको नामबाट ब्यबस्थित पसलको सुरुवात गर्छन। सुरुवातमा भाटभटेनिको गति पनि सुस्त थियो। अलि सम्पन्न क्रेताहरु मात्र भाटभटेनी जाने गर्थे र त्यो एकदमै सानो संङ्ख्यामा थियो। तर ठूलो संख्यामा बिदेशिएका नेपाली युबाहरुले बिदेशमा जस्तै ब्यबस्थित पसल खोज्न थालेपछि ब्यबस्थित पसलको ट्रेन्ड ह्वात्तै बढ्छ।

बि.स ५० को दशकमा बिदेशमा जस्तै सपिङ ट्रेन्ड बनाउन लाहुरेहरु बढ्दै गएको बस्ती मोफसल पोखरामा केही युबाहरुले सेलवेज सुप्पर मार्केटको सुरुवात गर्छ्न । अहिले देशभर यो ट्रेन्ड ह्वातै बढेको छ । भाटभटेनी ,बिगमार्ट , के के मार्ट , बेस्ट मार्ट , सेलवज बेरी , सेलवेज सुप्पर मार्केट, माई मार्ट जस्ता ग्रुपहरु देशभर आक्रमक रुपमा आफ्नो शाखा बिस्तारमा लागेका छ्न। यस्ता व्यवस्थित पसलहरुले क्रेताहरुलाई फिक्स मूल्य फिक्स मुनाफामा सामान बेच्ने मात्र होइन हिजो ठूलो मात्रामा भ्याट बाहेकको अब्यबस्थित कारोबार लाई भ्याट र भन्सारको दायरामा ल्याएका छ्न यस्लाई करको दायरामा ब्यबस्थित गर्न सक्दा सरकारको राम्रो राजस्व उठ्ने क्षत्र बन्न सक्छ।

यो क्षत्रमा मुख्यतया शारीरिक परिश्रमको मात्र न्यून पर्ने हुदा लगभग ८० प्रतिशत रोजगारको लाभ महिलाहरुले लिन सक्छ्न। यस्तो खालको मार्केट ट्रेन्ड बि.स ८५ को दशकसम्ममा उचाईमा पुग्ने र त्यसपछि हुर्किदै गरेको होम डेलिभरी डिजिटल मार्केटले ओगट्ने अनुमान लगाउन सकिन्छ । अर्को आलेखमा डिजिटल मार्केटको विषयमा छुट्टै छलफल गर्नेछौं । 

       सुझाब र प्रतिक्रियाको लागि

  • hariramrimal@gmail.com

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post