नेताहरुको विचलन र युवापुस्ताको कार्यभार !

 हरिराम रिमाल   १२ पौष, २०७७



गएको साता पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समुह (नेकपा) को पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष प्रचण्डले गृहमन्त्री समेत रहेका नेता राम बहादुर थापा बादललाई फकाउने प्रयास असफल भएको जानकारी गराईरहँदा एकिकृत पार्टीमा मौजुदा ४ सय ४१ सदस्यीय केन्द्रिय सदस्यमध्ये धेरै केन्द्रिय सदस्यहरु दुवै पक्षमा ओहोर–दोहोर गरिरहेका थिए।

९ जनाको केन्द्रिय सचिवालयमध्ये ४ जना (प्रचण्ड–माधव नेपाल–झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ) एकातिर खुलेका थिए भने अर्कोतिर केपी ओली–ईश्वर पोखरेल र विष्णु पौडेल खुलेका थिए । बाँकीद्धय वामदेव गौतम हालसम्मपनि अनिर्णत छन् भने नेता बादलले केपी ओली पछिको सह–अध्यक्षमा सम्झौता गर्दै ओलीपक्षमा खुलेका छन् ।

त्यसैगरी ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालिन नेकपा एमालेबाट २६ र तत्कालिन नेकपा माओवादीबाट १९ जनाको लेनदेन टुगिंएको थियो । त्यसमध्ये स्थायी समितिमा पनि दुवैसमुहमा ओहोर–दोहोर हुने क्रम जारी रहेको छ । रोचक त के छ भने तत्कालिन माओवादीबाट स्थायी समितिमा अटाएका टोप बहादुर रायमाझी,लेखराज भट्ट,मणी थापा,प्रभु शाह ओली समुहमा खुलेका छन् ।

फरक–फरक संरचना र फरक–फरक ऐतिहाँसिक आधारबाट आएका नेताहरुको विचलनले नेकपाको नेता-कार्यकर्ता उत्पादन गर्ने भट्टी कति कमजोर छ भन्ने देखाउँछ ।

तत्कालिन एमाले र माओवादीको एकता भएर नेकपाको गठन हुँदा तत्कालिन एमालेको मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवादका मुलभुत सिद्धान्तहरुलाई र माओवादीले चलाएको जनयुद्धलाई नेकपाको राजनिती प्रतिवेदनले संस्थागत गरेको थियो ।

नागरिक समाज, देशका वौद्धिक समुदाय, प्रमुख विपक्षी राजनितिक पार्टीहरु ,मिडिया सबैले नै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनले संविधानले संस्थागत गरेका मुलभुत मुद्धाहरु गणतन्त्र, संघियता र धर्मनिरपेक्षता मास्ने र संस्थागत हुँदै गरेको संविधानलाई नै धरापमा पार्ने कु को रुपमा अर्थयाएका छन् । तरपनि फरक–फरक संरचना र फरक–फरक ऐतिहाँसिक आधारबाट आएका नेताहरुको विचलनले नेकपाको नेता-कार्यकर्ता उत्पादन गर्ने भट्टी कति कमजोर छ भन्ने देखाउँछ । अथवा ठुलो त्याग,तपस्या,समर्पण र वलिदानबाट आएका नेताहरुमा देखिएको विचलनले नेकपा कति कमजोर छ भन्ने देखाउँछ ।

कम्युनिष्ट पार्टी कस्तो हुनुपर्छ ?

सन् १८४७ मा कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय घोषणापत्र जारी हुँदा समाजको तिन ओटै सामाजिक संरचनाहरुमा समानन्तर हुनेगरी दस्तावेजिकरण गरिएको थियो । अझ .लेनिन र माओ को युगमा ति प्रणाली उत्कर्षमा पुग्छन् । सन् ६० को दशकमा तत्कालिन सोभियतसंघले युरी गागरिन लाई अन्तरिक्षयात्रीको रुपमा अन्तरिक्षमा पठाउँदै थियो । त्यसअघि अन्तरिक्षमा कुनै मानवले पाईला टेकेका थिएनन् । गएका कुकुरहरु जिवित फिर्ता आएका थिएनन्। धेरैको अनुमान थियो युरी गागरिन पनि जिवित फिर्ता आउने छैनन् । मृत्युको नजिक पुग्नुअघि युरी गागरिन  लाई उनको अन्तिम ईच्छाको बारेमा सोध्दा आँफुलाई सोभियत कम्युनिष्ट पार्टीको सदस्यता भए पुग्ने बताएका थिए । त्यो ओझ,गरिमा र प्रतिष्ठा कम्युनिष्ट पार्टीका सदस्यहरुमा हुने गरेको थियो ।

पहिलो अन्तरिक्ष यात्री युरी गागरिन 

  • सन् ६० को दशकमा तत्कालिन सोभियतसंघले युरी गागरिनलाई अन्तरिक्षयात्रीको रुपमा अन्तरिक्षमा पठाउँदै थियो । मृत्युको नजिक पुग्नुअघि युरी गागरिन  लाई उनको अन्तिम ईच्छाको बारेमा सोध्दा आँफुलाई सोभियत कम्युनिष्ट पार्टीको सदस्यता भए पुग्ने बताएका थिए ।

त्यस समय ज्ञान अथवा शिक्षा हाँसिल गर्ने कुरा सम्रान्त वर्ग र धनी वर्गको मात्रै पहुँचमा हुने गर्थ्यो । र शिक्षा प्रणालीहरु प्नि धनि अथवा सम्रान्त वर्गलाई नै पक्षपोषण र गुनगान गर्नेगरी डिजाईन गरिएको थियो। आम जनताहरुमा शिक्षाको पहुँच थिएन्। ज्ञान आर्जन गर्ने अन्य माध्यमहरुपनि विकशित भएका थिएनन् । तिनै सम्रान्त वर्गहरुबाट आम जनताहरु शासित हुन बाध्य थिए । त्यसबेला कम्युनिष्ट पार्टीले शिक्षामा पहुँच नभएका आम गरिबहरुलाई पार्टीमा संगठित गर्ने र विश्व विद्यालयले भन्दा व्यवस्थित शिक्षा प्रणाली हाँसिल गरेर उनिहरुलाई पनि राज्यसत्ताको मुल प्रवाहमा ल्याउने कामको लागी कम्युनिष्ट पार्टीको जन्म भएको हो। अथवा कम्युनिष्ट पार्टी स्वयममा गरिव तथा शिक्षामा पहुँच नभएका आम मानिसको लागी एउटा विश्वविद्यालय सरह हुने गथ्र्यो । त्यो कम्युष्टि पार्टीको नेतृत्वमा पुग्दा नेताहरुले एउटा लामो विश्वविद्यालय पास गर्नुपर्थ्यो । पार्टीभित्र ठुला र सानाहरुको विच वर्गिय विभेद मेटाउनको लागी “कमरेड” जस्ता भाषाहरुको प्रयोग हुन्थ्यो । के अहिलेको नेकपामा यि कुनै लक्षणहरु तपाईले देख्नुभएको छ ?त्यसकारण मुल नेतृत्वमै आउने सत्ता स्वार्थ,व्यक्तिगत महत्वकांक्षा र विचलनको परिणाम स्वभाविक छ । 

अन्धकारमा युवा पुस्ता 
मुल नेतृत्वको विचलनको बारेमा हामीले माथि नै चर्चा गरिसक्यौ । अब छोटो चर्चा गरौँ यस्तो खालको गैर कम्युनिष्ट पार्टीको भट्टीबाट उत्पादन भएका एस म्यान युवा पुस्ताहरुको बारेमाः

२०६१ मघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रबाट सम्पुर्ण सत्ता आफ्नो हातमा लिएपछि त्यसको प्रतिरोधमा आँफु संगठित भएको पार्टीको औपचारिक निर्णय कुर्दै नकुरी युवा पुस्ता सडक्मा गर्जियो। चाहे त्यो काङ्ग्रेस पार्टीको होस अथवा कम्युनिष्ट ? बरु पार्टीको मुल नेतृत्वमै त्यो कदमलाई लिएर दोधारे छलफल हुँदै थिए । यस्तो पहिला पनि भएको थियो –२००७ साल, २०१५ साल,२०३६ साल, २०४६ साल र २०५१ सालपछिको जनयुद्ध । मुलभुत राजनितिक घट्नाक्रमहरुमा युवा पुस्ताहरु नै निर्णायक शक्तिका रुपमा देखिएका छन् । तर फरक के भने २००७ सालको परिवर्तनमा निर्णायक देखिएको कंग्रेसभित्रको युवा पुस्ता तुरुन्तै त्यो परिवर्तनको नेतृत्व गर्न पुग्छ । २००८ सालमा ३६ वर्षका विपी कोईराला गृहमन्त्रीको जिम्मेवारीमा पुग्छन् । २०१५ सालको आमचुनावपछि कंग्रेसको मुलभुत युवा पुस्ता दुई तिहाई सरकारको नेतृत्व गर्न पुग्छन् । २०४६ सालको राजनितिक परिवर्तनपछि त्यो परिवर्तनको नेतृत्व गरेको युवा पुस्ता नेकपा मालेको मुल नेतृत्वमा स्थापित हुन्छ ।

तपाईले सुन्नुभएको छ, कुनै युवापुस्ताले यो मुलुकको नेतृत्व हामी गर्छौ र मुलुकमा देखिएको संकटको समाधान गर्छौ भनेर अगाडी सरेको ? तर यो मुलुकको नेतृत्व केपी ओलीले गर्नुपर्छ, शेरबहादुर देउवाले गर्नुपर्छ, प्रचण्डले गर्नुपर्छ,रामचन्द्र पौडेलले गर्नुपर्छ, माधव नेपालले गर्नुपर्छ भन्ने युवा पुस्ता प्रशस्तै छन् नी !

मालेको चौँथो राष्ट्रिय महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीको ३७ वर्षका मात्रै थिए । अन्य सहयोद्धा नेताहरुको उमेर पनि उनकै आसपास थियो, अथवा परिवर्तनको नेतृत्व गरेको मुल नेतृत्व नै पार्टी र सरकारमा स्थापित हुने वातावरण बनेको थियो। माओवादी जनयुद्धमा सामेल भएका र शान्तिप्रक्रियामा पदार्पण हुँदा मुलभुत स्थापित पुस्ता युवा नै थियो । तर २०६२/०६३ को आन्दोलन हाँकेका युवा पुस्ताहरु विरलै मात्र पार्टी वा सरकारको नेतृत्वमा स्थापित भएका छन् ।  स्थापित भएका युवाहरुले पनि पार्टी वा सरकारमा नेतृत्वको सहमति वेगर कुनै राजनितिक मुद्धाहरुलाई स्थापित गर्ने अवस्थामा छैनन् । अथवा मुल नेतृत्वमा त्यो आन्दोलनमा थकित ०३६ साले पुस्ता स्थापित छ । र उनिहरुले आफ्नो राजनितिक सिन्डिकेटभित्र युवापुस्तालाई कैद गरेका छन् ।  

तपाईले सुन्नुभएको छ, कुनै युवापुस्ताले यो मुलुकको नेतृत्व हामी गर्छौ र मुलुकमा देखिएको संकटको समाधान गर्छौ भनेर अगाडी सरेको ? तर यो मुलुकको नेतृत्व केपी ओलीले गर्नुपर्छ, शेरबहादुर देउवाले गर्नुपर्छ, प्रचण्डले गर्नुपर्छ,रामचन्द्र पौडेलले गर्नुपर्छ, माधव नेपालले गर्नुपर्छ भन्ने युवा पुस्ता प्रशस्तै छन् नी । यिनै युवा पुस्ताहरु आफ्नो नेतृत्वले गरेका गलत हर्कतहरुलाई आँफु र आँफु पछाडीका पुस्ताको भविष्यसंग साट्ने जोखिम मोलिरहेका छन् । 

नेताहरु विभाजित भएपनि हामी एकजुट छौँ र हामीले'नै  मुलुकमा देखिएका तमाम संकटहरु हल गर्न सक्ने सामथ्र्य राख्छौँ भन्ने सन्देश नेकपाका युवापुस्ताहरुले दिनुपर्छ । त्यस्तै दुस्साहस कांग्रेसका युवापुस्ताहरुले पनि गर्नुपर्दछ । 

बिकल्प के हुनसक्छ ?

पुनः एकपटक धु्रवीकृत भएका पार्टीहरुमा युवापुस्तालाई तान्ने र प्रयोग गर्ने होडबाजी नै चल्नेछ । प्रधानमन्त्री केपी ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरणको तुरुप यसअघी नै नफालेका हैनन् तर त्यो राजनितिक दाउपेच र रणनीतिक महत्वको मात्रै थियो भन्ने कुरा सायदै युवापुस्ताले वुझे । नेकपा विभाजनको अन्तिम संघारमा छ, दुईपक्षको संघर्षमा नेताहरुभन्दा धेरै युवापुस्ता नै विभाजित भएका छन् । उनिहरु आफैँसंग यो देशमा देखा परेको संकट हल गर्ने कुनै योजना छैन्, मात्रै उनिहरु भनिरहेका छन्:– यि संकट केपी ओलीबाटै हल हुनेछ । अथवा प्रचण्ड–माधवबाटै हल हुनेछ। अव यो अन्धकारबाट नेकपाका युवापुस्ताहरु निस्कन जरुरी छ ।

नेताहरु विभाजित भएपनि हामी एकजुट छौँ र हामीले'नै मुलुकमा देखिएका तमाम संकटहरु हल गर्न सक्ने सामर्थ्य राख्छौँ भन्ने सन्देश नेकपाका युवापुस्ताहरुले दिनुपर्छ । त्यस्तै दुस्साहस कांग्रेसका युवापुस्ताहरुले पनि गर्नुपर्दछ । मुलतः कांग्रेस र नेकपाका युवापुस्ताहरुले समान ढंगले यि राष्ट्रका संकटहरुको हल गर्ने दुस्साहस या नेतृत्व गर्ने चेष्टा गर्ने हो भने यही युवा संगठन' नै नेपालको राजनितीको मुलधार हुनेछ। 

  • सल्लाह तथा सुझावका लागी 

                     hariramrimal@gmail.com



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post