समाजबादी बहस श्रृखला भाग १ : नेपालमा समाजबादी बहसको प्रवेश

 कोरखबर   ३१ भदौ, २०७७



अतिथी परिचय 
२०५२ जेठमा कांग्रेस नेता शेरबहादुर देउवाले मनमोहन अधिकारी नेतृत्वको अल्पमतको कम्युनिष्ट सरकार विघटन र आफ्नै नेतृत्वमा राप्रपा,नेपाल सदभावना पार्टी र कांग्रेस सम्मिलित संयुक्त सरकार गठनको लागी दरबारमा पत्र बुझाए । तर प्रधानमन्त्री अधिकारीले प्रतिनिधि सभाको विघटन गरी नयाँ निर्वाचन गर्न दरवारमा सिफरिस गरे । पाँच दिनको लामो परामर्शपछि दरबारले प्रधानमन्त्री अधिकारीको संसद विघटनको सिफारिसलाई सदर ग¥यो । तर संसद विघटनविरुद्ध कांग्रेस र राप्रपा सर्वोच्च अदालत पुगे । २०५२ भदौ १२ गते तत्कालिन प्रधानन्याधिस विश्वनाथ उपाध्याय सहितको ईजलासले बहुचर्चित फैसला मार्फत प्रधानमन्त्री अधिकारीको संसद विघटनको फैसलालाई उल्टायो ।

२०५२ मा कम्युनिष्ट नेतृत्वको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीविरुद्ध संसदमा मतदान भयो जसमा अधिकारीले बहुमत ल्याउन सकेनन् । एमालेले त्यसको विरुद्ध देशव्यापी रुपमा विभिन्न आन्दोलनको कार्यक्रमहरु घोषणा ग¥यो । त्यसैबेला संसद सचिवालयमा रहेका एमाले निकट कर्मचारी संगठनका नेताहरु संसदमै आन्दोलित भएका थिए । यि सवै घटनाहरुको साक्षीमध्येका एक तथा नेता थिए रमेश सुनुवार ।

एमालेले तत्कालिन प्रधानन्याधिस विश्वनाथ उपाध्याय र अर्का न्यायधिस सुरेन्द्र प्रसाद सिंहविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्तामात्रै गराएन् एमाले कार्यकर्ताहरुले सडकबाट “सत्ता नछोड,रगत दिन तयार छौँ” जस्ता नारासमेत लगाए । तर अदालतको आदेशपछि भदौ २० का लागी तत्कालिन सभामुख रामचन्द्र पौडेलले संसद अधिवेशनको आव्हान मात्रै गरेनन् प्रधानन्यायधिस विश्वनाथ उपाध्याय र अर्का न्यायधिस सुरेन्द्र प्रसाद सिंहविरुद्धको महाअभियोगको प्रस्तावलाई सिधै खारेज गरिदिए । भदौ २५ गते प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीमाथी संसदको विश्वास छैन भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेश गरे, जुन वेला प्रधानमन्त्री अधिकारी सवार हेलिकप्टेर २०५२ साउन २९ मा बर्दियामा दुर्घटनामा परेपछि उहाँलाई उद्धार गरि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । 

                                                  प्रस्तुत छ उहाँ संग गरिएको पहिलो संवाद (भिडियो)

०५२ भदौ २७ गते संसदले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा निर्वाचित ग¥यो । देउवा सरकारले आन्दोलनरत कर्मचारीहरुलाई यथाशिघ्र आन्दोलन स्थिगित गरेर काममा फर्कन चेतावनी दियो । काममा नफर्कने कर्मचारीहरुलाई कार्वाही गर्ने चेतावनी पनि दियो । आन्दोलन विस्तारै मत्थर हुँदै त गयो, थर सुनुवार त्यसपछि कहिले संसद सचिवालय फर्किएनन् ।

प्रधानमन्त्री अधिकारी शिक्षण अस्पतालकै शैयामा रहिरहेका वेला यि सवै गतिविधि भईरहेका थिए । एमाले कार्यकर्ताहरु भावनात्मक रुपमा पनि देशव्यापी रुपमा सडक,सदन संघर्षमा उत्रिरहेका थिए । आँफुमाथीको अल्पमतको प्रस्तावको विरुद्धमा प्रधानमन्त्री अधिकारीले अस्पताल शैयाबाटै संसद अधिवेशन पर सार्न गरेको आग्रहसमेत अस्विकृत भयो । भदौ २५ मै अधिकारीविरुद्ध संसदमा मतदान भयो जसमा अधिकारीविरुद्ध १०७ र पक्षमा ८८ मत प¥यो । एमालेले त्यसको विरुद्ध देशव्यापी रुपमा विभिन्न आन्दोलनको कार्यक्रमहरु घोषणा ग¥यो । त्यसैबेला संसद सचिवालयमा रहेका एमाले निकट कर्मचारी संगठनका नेताहरु संसदमै आन्दोलित भएका थिए । यि सवै घटनाहरुको साक्षीमध्येका एक तथा नेता थिए रमेश सुनुवार ।

२०५२ साल पछिका २५ वर्ष सुनुवारले आफ्नो सम्पुर्ण निजी जिवनलाई तिलान्जली दिएर अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन,माक्र्सबाद र आजसम्म मानविय सभ्यताले आर्जन गरेका सम्पुर्ण ज्ञान विज्ञानहरुमाथी गम्भिर अध्ययन गर्नुभएको छ ।

तर ०५२ भदौ २७ गते संसदले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा निर्वाचित ग¥यो । देउवा सरकारले आन्दोलनरत कर्मचारीहरुलाई यथाशिघ्र आन्दोलन स्थिगित गरेर काममा फर्कन चेतावनी दियो । काममा नफर्कने कर्मचारीहरुलाई कार्वाही गर्ने चेतावनी पनि दियो । आन्दोलन विस्तारै मत्थर हुँदै त गयो, तर सुनुवार त्यसपछि कहिल्यै संसद सचिवालय फर्किएनन् । उनिमाथी केहि प्रश्नहरुको उत्तर थिएनन्, केहि बर्ष पहिले सोभियत संघको विघटन हुँदा संसारभरका कम्युनिष्टहरुमा जुन नैराश्यता उत्पन्न भएको थियो त्यही नैराश्यताले सुनुवारमा दोस्रोपटक घर गरिरहेको थियो । उनलाई लाग्यो,अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमै कहीँ खोट हुनुपर्छ जसका कारण कम्युनिष्ट आन्दोलन लगातार डिफेन्स भैरहेको छ रु त्यसयताका २५ वर्ष सुनुवारले आफ्नो सम्पुर्ण निजी जिवनलाई तिलान्जली दिएर अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन,माक्र्सबाद र आजसम्म मानवि सभ्यताले आर्जन गरेका सम्पुर्ण ज्ञान विज्ञानहरुमाथी गम्भिर अध्ययन गर्नुभएको छ । हामी यो श्रृंखलामा मुलतः सुनुवारले आर्जन गरेका ज्ञानहरुलाई डिजिटल प्लेटफर्म भिडियो मार्फत विभिन्न श्रृखलाहरुमा प्रस्तुत गर्नेछौँ ।

यो यस श्रृंखलाको पहिलो भाग हो र यस श्रृंखलामा हामीले नेपालमा समाजबादकोे विषयमा छलफल गर्नेछौँ र समाजवादी श्रृंखला ११औँ भागसम्म लम्विनेछ । 

 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post