सिड्नी — अस्ट्रेलियाले गुगल र फेसबुकले आफ्नो पोर्टलमा समाचार प्रकाशन गर्दा प्रकाशकलाई मूल्य चुकाउनु पर्ने विद्येयक पारित गरेको छ । विश्वको पहिलो कानूनलाई अमेरिकी सरकारले भने विरोध जनाएको छ ।
गत हप्तामा मात्र अष्ट्रेलियामा चर्चित समाचार तल्लो सदनमा छलफल चलेको थियो । गुगल कम्पनीले नियम बमोजिम उपभोक्ताहरुलाई मूल्य चुकाउनु पर्ने र सरकारलाई सहयोग गर्ने वाचा गरेपछि उक्त कानून पारित भएको बताइएको हो ।
कानुनअनुसार फेसबुक र गुगलजस्ता कम्पनीले सोझै समाचार प्रकाशकसँग सम्झौता गर्न सक्नेछन् । अस्ट्रेलियाको नयाँ कानुन विश्वभरका नियामक निकायका लागि डिजिटल प्लेटफर्ममा समाचार सामग्रीको भुक्तानीका लागि एउटा प्रभावकारी मोडेल हुन सक्ने बताइएको छ । बिहीबार अस्ट्रेलियाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले नयाँ कानुन पारित गरेको हो ।
नयाँ कानून के हो ?
नयाँ कानुनमा फेसबुक, गुगलजस्ता प्रविधि कम्पनीले समाचार सामग्रीका लागि शुल्क तिर्नुपर्नेछ । अहिलेसम्म उनीहरुले कति पैसा तिर्नुपर्छ भन्नेबारे भने केही खुलाइएको छैन ।
यो कानुनले सञ्चार प्रतिष्ठानहरुलाई प्रविधि कम्पनीसँग शुल्क तिर्न लगाइएको छ । फेसबुक, गुगल कम्पनीका न्युजफिडमा आउने सामग्रीको शुल्कको सम्झौता हुने बताइएको हो ।
समाचार प्रकाशक र प्रविधि कम्पनीबीचको सम्झौता असफल भएमा अस्ट्रेलियाको सञ्चार त आमसञ्चार प्राधिकरणसमक्ष जानुपर्नेछ ।त्यस्तै गुगल तथा फेसबुकले आफ्नो एल्गोरिदम परिवर्तन गर्नुपूर्व नै यसको सूचना प्रकाशकलाई दिनुपर्नेछ ।
अस्ट्रेलिया सरकारले प्रविधि कम्पनीले पत्रकारिताको उचित शुल्क तिनुपर्ने अस्ट्रेलिया सरकारको तर्क छ । यसका साथै अस्ट्रेलियाको सञ्चार क्षेत्रका लागि आर्थिक सहयोग आवश्यक भएको र बलियो सञ्चारमाध्यम लोकतन्त्रका लागि आवश्यक रहेको पनि सरकारको तर्क छ ।
पछिल्लो समय मिडिया कम्पनीको आम्दानी घटिरहेको र गुगलको कमाइ बढेको बढ्यै छ । सन् २०१९ मा मात्रै विश्वभरबाट गुगले १६० बिलियन अमेरिकी डलरभन्दा बढी कमाएको छ ।
एजेन्सी