११ फागुन, काठमान्डौ । चर्चित प्रस्तोता रवि लामिछानेसहितको टिमले नयाँ टेलिभिजन च्यानलको शुभारम्भ गरेको छ । गोरखा मिडिया नेटवर्क प्रालि अन्तर्गत ल्याइएको ‘ग्यालेक्सी फोरके’ले राजधानीमा आयोजित एक कार्यक्रममा केही महत्वाकांक्षी घोषणा गरेको छ।
उक्त टेलिभिजन च्यानलले भारतमा चर्चित भएका टेलिभिजन कार्यक्रमलाई नेपाली भाषामा बनाएर प्रशारण गर्ने घोषणा गरेको छ ।
यो टेलिभिजन च्यानलले भारतको चर्चित रियालिटि शो 'सारेगमप लिटिल च्याम्प' को फ्रेन्चाईज चलाउने घोषणा गरेको छ। त्यस्तै भारतकै चर्चित र सफल कार्यक्रम 'क्राईम पेट्रोल' को नेपाली भर्सन पनि उत्पादन र प्रशारणको घोषणा गरेको छ । उक्त कार्यक्रमको प्रस्तोताका रुपमा चर्चित कलाकार दीपकराज गिरी देखिनेछन् ।
हिन्दी रामायणको नेपाली भर्सन प्रशारणको घोषणा पनि ग्यालेक्सी टेलिभिजनले गरेको छ ।
एपि वान टेलिभजनमा प्रशारण भएको 'को बन्छ करोडपति' कार्यक्रमको अर्को सिजन ग्यालेक्सी टिभि मै प्रशारण हुनेभएको छ । शो को प्रस्तोतामा भने राजेश हमालनै देखिनेछन् ।
पब्लिक स्पिकर रमेश प्रसाई पनि कार्यक्रम लालमोहर लिएर आँउदैछन् । रवि लामिछानेले पनी कार्यक्रम सिधा कुरा.., कामका कुरा र द लिडरको घोषणा गरेका छन् ।
कवि नवराज पराजुलीले द फरेभर , विजयकुमार पाण्डेले कार्यक्रम सम्वन्धहरु र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले नेपाली टेलिभिजनको क्षेत्रमा पृथक कार्यक्रम आविष्कार चलाउने छन् ।