रवि लामिछानेको टिमले घोषणा ग¥यो नेपालकै पहिलो फोर के टेलिभिजन च्यानल !

 कोरखबर   ११ फागुन, २०७७


१२ फागुन, काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेको टिमले नयाँ टेलिभिजन च्यानलको शुभारम्भ गरेको छ । नेपालमै पहिलो पटक फोर के टेलिभिजनका रुपमा ग्यालेक्सी टेलिभिजनको शुभारम्भ गरिएको हो । 

काठमाडौंको मेरियट होटलमा आयोजित शुभारम्भ कार्यक्रममा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरे । 

समारोहमा सञ्चारकर्मी लामिछानेसहित टेलिभिजनका विशिष्ट संचालकहरुले टेलिभिजन च्यानलको लोगो अनावरण गरे । उक्त टेलिभिजन च्यालनको घोषणा कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थित रहेको छ । नेपाली टेलिभजनको ईतिहाँस र जियोग्राफी नै परिवर्तन गराईदिने टेलिभिजन संचालकहरुको दाबी रहेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post