३० माघ, काठमाडौं । खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा काठमाडौंमा वाटर एटीएम संञ्चालनमा आएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापाले विहिबार एक कार्यक्रमका बिच वाटर एटीएमको उद्घाटन गरे ।
वाटर एटीएम जडान भएसँगै स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको र सर्वसाधारण लाभान्वित हुने मन्त्री थापाले बताए । उनले १५ वटा एटीएम राख्ने लक्ष्य रहेको र हाल चार स्थानमा सञ्चालनमा आएको जानकारी दिए ।
पहिलो चरणमा विहिबार रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा एकैसाथ वाटर एटीएम सञ्ञ्चालनमा ल्याईएको छ ।
कति रुपैयामा कति पानी पाईन्छ ?
पानी दिने एटिएम (वाटर भेन्डिङ मेसिन) कसरी प्रयोग गर्ने ?
नागरिकको सहजताको लागी सरकारले हप्तादिनभित्रमा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा पनि ‘वाटर एटीएम संचालन गर्ने तयारी गरेको छ ।