प्रधानमन्त्री ओली अव टिकटकमा पनि !

 कोरखबर   १५ मंसिर, २०७७



मंसिर १५, काठमाडौं । पछिल्लो सयम युवा पुस्तमाझ लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि अकाउन्ट खोलिएको छ ।  ‘kpsharmaoli_official’ नामक उक्त ह्याण्डल केही दिनअघि क्रियट भएको भएतापनि आइतबारबाट लाइभ गरिएको उल्लेख गरिएको छ ।

भेरिफाइड गरिएको उक्त अकाउण्टमा फलोअर तीव्र रूपमा बढिरहेका छन् । त्यसमा हालसम्म एउटामात्रै भिडियो अपलोड गरिएको छ ।

‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुमतिपत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, उक्त टिकटक भिडियोमा भनिएको छ ।

प्रधानमन्त्री स्रोतका अनुसार उक्त टिकटक अकाउन्ट आवश्यक छलफलपछि नै बनाइएको हो । अहिलेको अवस्थामा ठूलो जमात टिकटकसँग जोडिएकाले उक्त जमातलाई समेत समेट्ने मनसायका साथ टिकटक अकाउन्ट बनाइएको हो । यसमार्फत् आगामी दिनमा सरकारले गरेका काम कारबाहीका बारेमा जानकारी प्रदान गरिनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post