फोटो खिच्न सौखिन हुनुहुन्छ ? साओमीको यी स्मार्टफोन उपयोगी हुनसक्छ !

 कोरखबर   २३ असोज, २०७७



असोज २३,काठमान्डौ । चिनियाँ स्मार्टफोन ब्रान्ड साओमीका बजारमा एमआई १० र एमआई नोट १० लाइट स्मार्टफोन उपलब्ध छन् । एमआई १० को सबैभन्दा आकर्षक विशेषता भनेको यसमा रहेको १०८ मेगापिक्सेलसहितको क्वाड क्यामेरा सेटअप हो, यसमा चारवटा क्यामेरा राखिएको छ । यो स्मार्टफोनमा थ्रिडी कब्र्ड एमोलेड डिस्प्ले र फास्टेस्ट ३० वाट वायरलेस चार्जिङ सुविधा छ ।

मोबाइलमा ४७८० एमएच क्षमताको ब्याट्री राखिएको छ । क्यामेरामा रहेको प्राइमरी सेन्सरले नांगो आँखाले नदेखिने विवरणहरूको अल्ट्रा क्लियर सटहरू खिच्न सक्ने कम्पनीको दाबी छ । यसको क्यामेराले ३० एफिएसमा युएचडी ८ के भिडियो खिच्न सक्छ ।

एमआई १० सुन्दर डिजाइन र भर्सटाइल कार्यक्षमताको पूर्ण संयोजन भएको स्मार्टफोन हो । दुईवटा कलरमा उपलब्ध यो स्मार्टफोनको मूल्य ८९ हजार ९९९ रुपैयाँ रहेको छ ।

एमआई नोट १० लाइट

साओमीकै एमआई नोट १० लाइटमा ६४ एमपी क्वाड कोर सेटिङ छ । यसमा ५२६० एमएएच क्षमताको ब्याट्री हुनाले एकपटक चार्ज गरेर दुई दिन प्रयोग गर्न सकिन्छ । यो ६ जिबी ¥याम र १२८ जिबी रोमसहित तीन कलरमा उपलब्ध छ । यसको बजार मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ । 
यस्तै, साओमीकै रेडमी नोट ९ प्रो–म्याक्स पनि नेपाली बजारमा उपलब्ध छ । यसमा नयाँ क्वालकम स्न्यापड्रैंगन ७२० जी प्रोसेसरका साथ इन्ट्रिगेसन, ५०२० एमएएच क्षमताको ब्याट्रीलगायत सुविधा छन् ।

यसमा ६.६७ इन्चको एफएचडी प्लस डट डिस्प्लेका साथ २०.९ सिनेमेटिक स्क्रिनले इमर्सिभ अनुभव ल्याउँछ । नोट १० लाइटमा ६४ मेगापिक्सेल ब्याक क्यामेरा छ । यस्तै, फ्रन्टमा ठूलो ३२ एमपी सेन्सर छ, जसले उच्च गुणस्तरको फोटोग्राफी, भिडियोग्राफीका लागी मद्धत गर्दछ । साथमा एआई फेस अनलक पनि यो स्मार्टफोनको अर्को विशेषता हो ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post