असोज २२,काठमान्डौ । नोकियाले सस्तो मुल्यमा धेरै फिचर भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । नेपाली बजारमा नोकियाले नेकिया २.४ मोडलको स्मार्टफोन सार्वजनिक गरेको हो ।
एचएमडी ग्लोबलले गएको आइतबार नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । ६.५ इन्चको एचडी प्लस स्क्रिन रहेको स्मार्टफोन भिडियो स्ट्रिमिङ र गेमिङका लागि उत्तम रहेको कम्पनीले जनाएको छ ।
यो स्मार्टफोनमा ४५ सय एमएएच क्षमताको ब्याट्री राखिएको छ । फिंगरप्रिन्ट र फेस अनलकजस्ता आधुनिक बायोमेट्रिक सेक्युरिटी फिचर रहेको स्मार्टफोनमा डुअल क्यामेरा, एआई इमेजिङबाट फ्युल्ड विस्तृत नाइट र पोट्रेट सट फिचर समावेश छ ।
दुई जिबी ¥याम र ३२ जिबी रोम रहेको यो स्मार्टफोनको मूल्य नेपालमा १४ हजार ५९९ रुपैयाँ तोकिएको छ ।