किताबजस्तै फोल्ड गर्न मिल्ने सामसुङको स्मार्टफोन नेपाली बजारमा !

 कोरखबर   २२ असोज, २०७७



असोज २२, काठमाण्डौ । कोरोना महामारीका कारण विश्वको अर्थबजार चलायमान हुन सकिरहेको छैन् । तर विभिन्न नयाँ मोडलका स्मार्टफोनहरु भने बजारमा धमाधम सार्वजनिक भईरहेका छन् । यसैक्रममा लोकप्रिय कम्पनी सामसुङले फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड–२ नेपाली बजारमा प्रि–बुकिङ सुरु गरेको छ । 

अघिल्लो महिना मात्रै विश्व बजारमा फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको सामसुङले नेपालमा भने गएको सोमबारदेखि प्रि–बुकिङ सुरु गरेको हो । बहुप्रतीक्षित उक्त स्मार्टफोन किताबजस्तै फोल्ड गर्न मिल्ने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा इ–कमर्स प्लेटफर्म स्मार्टडोको डटकमबाट रु पाँच हजार रुपैयाँ अग्रिम बुझाएर फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड–२को प्रि–बुकिङ गर्न सकिनेछ । कम्पनीका अनुसार यो स्मार्टफोन इ–कमर्स प्लेटफर्ममा दुई लाख ४९ हजार ९९९ रुपैयाँमा किन्न सकिनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post