असोज १९,काठमाडौं । विश्वप्रसिद्ध सामसङ कम्पनीले नेपालीहरुको पर्व बडा दशैंको अवसरमा आफ्ना उपभोक्ताहरु माझ “बडा दसैं बिग, धमाका” अफर सार्वजनिक गरेको छ । सामसङको कुनैपनि स्मार्टफोन तथा ट्याब खरिद गर्ने ग्राहकहरुले यो अफरमा सहभागीता जनाउन सक्नेछन् । उपभोक्ताहरुकै आवश्यकता र चाहनालाई मध्यनजर गर्दै यो अफर सार्वजनिक गरिएको सामसङले जनाएको छ ।
यस योजनामा सामेल हुने ग्राहकहरुलाई सामसङले साप्ताहिक एवं बम्पर लक्की ड्र मार्फत पुरस्कारको व्यवस्था गरेको छ । अफर अन्तर्गत १ जना विजेताले लक्की ड्र मार्फत् रेनल्ट डस्टर कार प्राप्त गर्नेछन् भने साप्ताहिक बिग धमाका लक्की ड्र मार्फत् ५ जना विजेताहरुले होण्डा हर्नेट १६०आर मोटरसाईकल तथा १० जना विजेताहरुले ग्यालेक्सी नोट ट्वान्टी (मोवाईल फोन) पाउनेछन्।
कोभिड–१९ का कारण हाल विश्व बजारको अर्थतन्त्र स्थिर छ । यस विषम परिस्थितिलाई मध्यजनर गर्दै सामसङले विगत वर्षहरुको भन्दा यो वर्ष फरक अफर सार्वजनिक गरेको हो । सामसङले सार्वजनिक गरेको यो अफफर आगामी मंसिर २ गते सम्म लागु हुनेछ ।
असोज २२ गते, २९ गते, कात्तिक ६ गते, २० गते, २७ गते अफरमा सहभागी उपभोक्ताहरुमध्ये लक्की ड्र मार्फत विजेताहरुघोषणा गरिने र बम्पर लक्की ड्र विजेताको घोषणा मंसिर ४ गते हुने सामसङको आधिकारिक वितरक आईएमएस कम्पनीले जनाएको छ ।
यो योजना नेपालभर रहेका सामसङ मोबाइलका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि तथा आईएमएस प्रालि अन्तगर्तका सामसङ ब्राण्ड शप तथा रिटेलहरु मार्फत् गरिएको खरिदमा मात्र लागू हुनेछ । साप्ताहिक लक्की ड्र तथा बम्पर लक्की ड्रको घोषणा सामसङको आधिकारिक फेसबुक पेज मार्फत् हुनेछ ।