होन्डाको उत्सव योजना : “हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा”

 कोरखबर   १३ असोज, २०७७



असोज १३, काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले दशैलाई लक्षित गरी “हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा” उत्सव योजना ल्याएको छ ।

कोरोना भाईरस संक्रमणको विषम परिस्थितिलाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा होण्डाले देशबासीका माझ खुसी साटासाट गर्ने उद्देश्यले उत्स्व योजनालाई ग्राहकहरु माझ ल्याएको हो । 

मंगलवारदेखि लागू हुने यस योजना अविधि भर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्नेछन् ।

स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत खरिदकर्ताहरुलाई होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्र्याच कुपन मार्फत १ लाख सम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतसम्म छुट समेत दिन लागिएको छ । 

यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post