वर्ल्ड लिङ्कले २५ वर्ष पुरा गर्‍यो

 कोरखबर   ३१ भदौ, २०७७



काठमाडौं । वर्ल्ड लिङ्क कम्प्युनिकेसन्स लिमिटेडले आफ्नो स्थापनाको २५ औं बसन्त पार गरेको हो ।
हाल वर्ल्ड लिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ ।

वर्ल्ड लिङ्कका अध्यक्ष दिलिप अग्रवालका अनुसार  हरेक तीन जना प्रयोगकर्तामा एकजना प्रयोगकर्ता वर्ल्ड लिङ्कको हुनु आफ्ना लागि गर्वको विषय हो । कम्पनीले ३५ सय भन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको छ ।

अहिले कम्पनी समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ। वर्ल्ड लिङ्क नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनी हो ।

हाल ४ लाख घरायसीका साथै १० हजार कर्पोरेट तथा सरकारी ग्राहक छन् । सन् २०१४ मा सय करोड लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पुर्यााएको हो । सन् २०१७ मा ग्रामीण दूरसञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९ मा उक्त आयोजना सफलतापूर्वक सम्पन्न गरी कर्णाली जस्तो विकट क्षेत्रमा समेत आफ्नो इन्टरनेट सेवा दिँदै आएको छ ।



 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post