एपललाई झड्का, कोरोनाका कारण आईफोन आपूर्तिमा समस्या

 कोरखबर   २५ चैत, २०७६



बीबीसी । आइफोन निर्माणकर्ता एप्पल कम्पनीले कोरोना भाइरसका कारण चीनमा भइरहेको अवरोधले व्यापारमा, अनुमान गरेभन्दा धेरै गिरावट आउने बताएको छ ।

यसमा एप्पलका डिभाइसहरुको उत्पादन प्रभावित हुनुका साथै विश्वव्यापी रुपमा आइफोनको सप्लाइ समेत केही समयका लागि सीमित हुन सक्ने कम्पनीले चेतावनी दिएको हो ।

यसरी नयाँ कोरोना भाइरसको असर पर्नेमा एप्पल पहिलो प्रमुख अमेरिकी कम्पनी रहेको बताइएको छ । यसअघि एप्पलले आगामी चार महिनामा ६७ अर्ब सम्मको आम्दानी हुने अनुमान गरेको थियो तर अब यसमा गिरावट आउने प्रबल सम्भावना रहेको कम्पनीको भनाइ छ ।

हाल चीनमा आइफोनका अधिकांश स्टोरहरु बन्द गरिएका छन् भने खुलाइएका केही स्टोर पनि थोरै समय मात्र सञ्चालन भइरहेका छन् । यसैकारण एप्पलका उत्पादनहरुको कारोबार धेरै कम हुन पुगेको कम्पनीले बताएको छ ।

आधिकारिक बयानमा एप्पलले भनेको छ, “हाम्रो ‘आइफोन म्यानुफ्याक्चरिङ पार्टनर’ हुबेइ प्रदेश बाहिर छ र सबै कार्यालय पुनः खुलाइसकिएको छ तरपनि तिनको सञ्चालन हामीले अपेक्षा गरे जस्तो तीव्र रुपमा हुन सकिरहेको छैन । त्यस्तै हाम्रा स्टोरहरु पनि प्रायः बन्द छन् । हामी सुरक्षित तरिकाले स्टोर सञ्चालन गर्ने प्रयास गरिरहेका छौँ ।”

यसरी प्राविधिक विज्ञहरुले यसअघि नै भाइरसका कारण चीनमा स्मार्टफोनको मागमा ठूलो गिरावट आउन सक्ने बताएका थिए जबकी स्मार्टफोन लगायत डिभाइसहरुका लागि चीन विश्वकै सबैभन्दा ठूलो बजार हो ।

पछिल्लो १३ दिनमा एपिसेन्टर वुहान बाहिर कोरोनाका बिरामीहरुको सङ्ख्या लगातार घटिरहेको खबर गरिएपछि उद्योग र बजारहरु सामान्य अवस्थामा फर्किँदै जाने आशा गरिएको छ ।

तापनि यसले चीनको अर्थतन्त्रमा भने गम्भीर क्षति पुर्याउने निश्चित रहेको बताइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post