क्यान–इन्फोटेक–२०२०को नेपालगञ्जमा उद्घाटन सम्पन्न

 कोरखबर   २५ चैत, २०७६



क्यान–इन्फोटेक–२०२० नेपालगञ्मा सुरु भएको छ । क्यान महासंघ बाँके शाखाको आयोजनामा मंगलबारदेखि क्यान–इन्फोटेक सुरु भएको हो ।
फागुन २० देखि २४ गतेसम्म ५ दिनसम्म मेला सञ्चालन हुने छ । मेलामा विश्वमा सूचना प्रविधिका क्षेत्रमा भएका विकास तथा नयाँ–नयाँ प्रविधिका बारेमा जानकारी प्रदान गर्ने बताइएको छ । क्यान–इन्फोटेकको चौथो संस्करणअन्तर्गत नेपालगन्जमा ‘प्रभु पे क्यान–इन्फोटेक–२०२० इन एसोसिएसन विथ वोल्र्ड लिंक’ आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीद्वारा कार्यक्रमको उद्घाटन भएको हो । सभामुख घर्तीले विश्वका विभिन्न देशले विज्ञान र प्रविधिको प्रयोग गरेर फड्को मारेको बताउँदै नेपालले पनी उचित प्रयोग गर्नुपर्ने बताए । “प्रविधिको प्रयोगले देशले विकासमा फड्को मारेका छन्”, उनले भने “हामीले प्रविधिको सही प्रयोग गर्नुपर्छ ।”

क्यान महासंघका सदस्य संस्थाहरूलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको क्यान–इन्फोटेक मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल रहेको क्यानका अध्यक्ष रमणिप्रसाद शमौले जानकारी दिएका हुन ् । जसअन्तर्गत हाडवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन लगायतका स्टलहरू रहने छन् । त्यस्तै बैंक, आइसीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरूले बनाएका प्रविधियुक्त हाडवेयर र सफ्टवेयरसँग सम्बन्धित सामग्रीहरूका स्टल रहेको आयोजकले जनाएको छ ।

पाँच दिनसम्म सञ्चालन गरिने इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरूलाई ३० रुपैयाँ र विद्यार्थीहरूलाई २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । अनलाइनमाफर्त टिकट खरिद गर्नेलाई ५ रुपैयाँ छुटको व्यवस्था गरिएको इन्फोटेकमा कागजरहित टिकट सिस्टमको समेत व्यवस्था गरेको जनाइएको छ । मेलामा पत्रकार, अपांग, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

मेलामा विशेषगरी कम्प्युटर, मोबाइल तथा सूचना प्रविधिको बृहत् प्रदर्शनी हुनेछ भने आईटी सचेतना, अनलाइन बिलिङलगायत बिभिन्न विषयमा दैनिक बृहत् प्रदर्शनी हुनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post