ह्याकरको निशानामा फुडमाण्डु, ग्राहकका विवरण चोरियो

 कोरखबर   २५ चैत, २०७६



२५ फागुन, काठमाडौं । अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरेको दावी गरेको छ ।

शनिबार राती भएको यो हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ । करिब ३० हजार ग्राहकको व्यक्तिगत विवरण चोरिएको हुन सक्ने कम्पनीका संस्थापक मनहर अधिकारीले बताए ।

‘हाम्रो सानो कमजोरी पत्ता लगाएर ह्याकरले साइबर हमला गरेछ, हामीले त्यसको एक घण्टापछि मात्रै थाहा पायौं,’ उनले भने,’ग्राहकको व्यक्तिगत विवरणप्रति हामी जिम्मेवार हुँदा हुँदै घटना भयो, यसले हामीलाई दुखित बनाएको छ ।’उनले यो आक्रमणले कम्पनीलाई धक्का लागेको पनि बताए ।

कम्पनीले एक विज्ञप्ति जारी गरेर आफ्नो कमजोरी सच्याइएको बताएको छ । चेारिएको व्यक्तिगत विवरणहरु ह्याकरले एक वेबसाइटमार्फत सार्वजनिक गरिरहेको छ ।

हमलाबारेको जानकारी प्रहरीको साइबर अपराध डिभिजनमा पनि गराएको फुडमान्डुले जनाएको छ । घटनापछि पनि फुडमान्डुले सेवा भने जारी राखेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post