अब्दुल कलामका प्रेरणादायी भनाई, जसले हाम्रो जीवन बदल्न सक्छ

    २४ चैत, २०७६



काठमाडौं । भारतका मिसाईल वैज्ञानिक तथा पूर्व राष्ट्रपति डा। एपिजे अब्दुल कलामको जन्म १९ अक्टुवर सन् १९३१ मा भएको थियो भने उनको मृत्यु २७ जुलाई सन् २०१५ मा भएको थियो ।

सामान्य परिवारमा जन्मिएर वैज्ञानिक देखि राष्ट्रपतिसम्म बनेका उनले आफ्नो जीवनमा भारतकै सबैभन्दा ठूलो पुरस्कार भारत रत्न पाएका थिए ।

संघर्षशील विद्यार्थी, चम्किला वैज्ञानिक र राष्ट्रपतिसम्मको उनको यात्राको सम्मान गर्दै सन् १९९७ मा उनलाई भारतकै सबैभन्दा ठूलो पुरस्कार भारत रत्न प्रदान गरिएको थियो ।

आफ्नो जीवनमा थुप्रै प्रेरणादायी काम गरेका कलाम अरुका लागि प्ररेणा बनेका छन् ।

१.आफ्नो कामलाई माया गर्नुहोस् न कि कम्पनीलाई, किनकि तपाईको कम्पनीले कति बेला माया गर्न छोड्दछ भन्ने तपाईलाई थाहा नहुन पनि सक्दछ ।

२. ति सपना होइनन्, जो तपाई निद्रामा देख्नुहुन्छ, सपना त ति हुन जस्ले निदाउन दिँदैन ।

३. यदि देशलाई भ्रष्टाचारमुक्त र सुन्दर दिमागहरुको राष्ट्र बनाउने हो भने, मलाई लाग्छ समाजका तीनवटा सामाजिक सदस्यले यसका लागि परिवर्तन ल्याउन सक्दछन्, ति हुन् आमा बुबा र शिक्षक ।

४. राष्ट्रका सर्वोत्कृष्ट दिमाग र मस्तिष्कहरु कक्षाकोठाका अन्तिम बेञ्चहरुमा हुनसक्दछन् र भेटिन सक्दछन् ।

५. तपाईका सन्तान, तपाईका सन्तान होइनन्, उनीहरु जीवन आफैका छोराछोरी हुन्, उनीहरु तपाईबाट त आउँछन् तर, तपाईद्धारा आउँदैनन्, तपाई उनीहरुलाई माया दिनसक्नुहुन्छ तर, तपाईका विचार दिन सक्नुहुन्न्, किनभने उनीहरुका आफ्नै विचार हुन्छन् ।

६. महान मान्छेहरुका लागि धर्म मित्रताको मार्ग हो, तर ‘साना’ मान्छेहरु यसलाई लडाइँको साधन बनाउँदछन् ।

७. पहिलो विजयपछि आराम नगर, जब तिमी दोस्रोमा असफल हुन्छौ त्यो बेला हजारौँ जिब्राहरुले तिम्रो पहिलो विजय मात्र भाग्य थियो भन्नेछन् ।

८. सफलताको रहस्य के हो रु सही निर्णय, सही निर्णय कसरी गरिन्छ रु अनुभवबाट ,अनुभव कसरी हासिल हुन्छ रु गलत निर्णयहरुबाट ।

९. सबै प्रकारका समस्या निवारण गर्ने तथा सबै प्रकारका घाउहरु निको पार्ने चिकित्सकहरु समय, धैर्य र प्रकृति हुन् ।

१०. सरलता र परिश्रम नै सफलताको एक मात्र मार्ग हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post