कला तथा मनोरञ्जन

सधैंभरि मुटमाझ दुखिरहन्छ याद!

१) मुक्तक

आँखाकाे वरिपरि घुमिरहन्छ याद

मनको डायरीमा लुकिरहन्छ याद

विज्ञापन

हर्षले हाे या बिस्मातले खै के भनूँ,

सधैँभरि मुटमाझ दुखिरहन्छ याद।

२) मुक्तक

गरीब हाेस् या धनी सबैको कुरा सुन्नुपर्छ

रायसुझावलाई स्वीकार्दै मनमा गुन्नुपर्छ

जीवनमा भाेगेका अनुभवलाई सँगाल्दै,

छिन्नभिन्न भएको सम्बन्धलाई तुन्नुपर्छ।

३) मुक्तक

हामीबीच अझै एक बात बाेल्न पाए पुग्छ

मुसुक्क हाँस्दै मुस्कान दिँदै माया लाए पुग्छ

फेरि-फेरि आपसमा भेट हुने हाे कि होइन

सधैँभरि तिम्रो मन- मुटुमा खुसी छाए पुग्छ।

४) मुक्तक

शिशिर याममा फूल्ने सुगन्धित फूल हौ तिमी

मायापनकाे प्यासलाई मेटिदिने मूल हौ तिमी

आफ्नो सारा जीवन नै पराईलाई सुम्पिएर,

अधुरो यात्रा पार गराई दिने पक्की पुल हौ तिमी।

५) मुक्तक

जस्तै दु:खलाई पनि सुखकाे अनुभूति देखाउँछौ बाबा

सन्तानकाे लागि भाेक सएर हामीलाई हँसाउँछौ बाबा

मूर्ति त मूर्ति नै हाे वास्तविक भगवान् भने तिमी नै हौ,

त्यसैले त कठिन अवस्थामा पनि सन्तान बचाउँछौ बाबा ।

७) मुक्तक

मनमुटुमा तिमीलाई सजाई राख्न पाए हुन्थ्यो

जीवनभरि मेरै अँगालोमा बेरिन आए हुन्थ्यो

हृदयमा नमेटिने गरी तिम्रै नाम लेखेकाे छु मैले

तिम्रो सिउँदोमा मेरै नामको सिँदुर लाए हुन्थ्यो।

८) मुक्तक

आम्दानीकाे स्राेत भए पनि नभए पनि जीविका चल्नुपर्छ

अन्नपात घरमा हुँदै

नभए पनि जसाेतसाे चुलो बल्नुपर्छ

खेतीकाे काम नगर्नेलाई के थाहा श्रम र पसिनाकाे मूल्य,

पानीझरीले खेतबारी भिझ्दै नभिझे पनि अन्न फल्नुपर्छ।

९) मुक्तक

आफन्तले भुले पनि सम्झिएर भेट्नलाई जाउँला

भेटघाटको बेला हर्ष उमंग र खुसीले रमाउँला

एकआपस बिच दुःख अनि सुखकाे गनथन गर्दै

प्रेमकाे उपहारस्वरूप तस्बिर नै खिचेर आउँ

१०) मुक्तक

काँचकाे चुरा चुकेसरी चुक्न नपराेस् जिन्दगी

कसैकाे डर त्रासदेखि लुक्न नपराेस् जिन्दगी

आत्माबललाई कम्जोर ठानेर कदापि पनि

ती दुष्टहरूकाे सामु त झुक्न नपराेस् जिन्दगी।

सबैकाे प्यारो बन्नलाई मन भित्रकाे चाख चाहिन्छ

सुखकाे जिन्दगी बिताउन विश्वासिलो काख चाहिन्छ

दुश्मन सामु वेदना लुकाएर हाँस्न पनि सकिन्छ तर ,

दुनियाँलाई खुसी दिलाउन रूपैयाँकाे लाख चाहिन्छ।

११) मुक्तक

चित्त नबुझे विरोधकाे आवाज उठाउ घर भित्र

घरको पाेल खाेल्नु हुन्न ठानी छिमेकीलाई मित्र

आफ्नोलाई भुत मानी पराईलाई देवता ठान्दा,

दिन प्रतिदिन उदाङ्ग हुन्छ आफ्नै खराब चरित्र ।

१२) मुक्तक

खुसी छायन मेरो तन मन यो बर्ष तीजकाे बेला

बाउ माइती गुमाउनु पर्दा छैन हर्ष तीजकाे बेला

लुटियाे जीवनसाथी छैन छाेराछाेरी पनि साथमा,

सेताे पहिरनमा जिउन गर्दै छु संघर्ष तीजकाे बेला ।

१३) मुक्तक

सम्झना ताजै छ बिगतकाे बर्ष भदौ तेईसकाे दिन

दानव स्वभाव भएको साशककाे लाग्दछ धेरै घिन

जेन जी सहिदको रगत सडक भरि अझै ताजै छ,

तै पनि सलबलाउँछौ हत्याराकाे नायक फेरि किन?

१४) मुक्तक

जस्तै दु:खलाई पनि सुखकाे अनुभूति देखाउँछौ बाबा

सन्तानकाे लागि भाेक सएर हामीलाई हँसाउँछौ बाबा

मूर्ति त मूर्ति नै हाे वास्तविक भगवान् भने तिमी नै हौ,

त्यसैले त कठिन अवस्थामा पनि सन्तान बचाउँछौ बाबा ।

राजकुमार राजभण्डारी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।