विज्ञापन
अन्तर्राष्ट्रिय

११ वर्षअघि भारतमा पक्राउ परेका नेपालीलाई साढे ९ वर्ष जेल, कसुर के हो ?

नक्कली भारतीय नोटको कारोबारमा ११ वर्षअघि भारतमा पक्राउ परेका नेपाली नागरिकलाई अदालतले साढे ९ वर्ष जेल सजाय सुनाएको छ।

भारतको एक अदालतले नेपाली नागरिक शेख जावेद इकबाललाई ९ वर्ष ७ महिना जेल सजाय सुनाएको हो। अदालतले उनलाई ३० हजार भारतीय रुपैयाँ जरिवाना पनि तोकेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार इकबाललाई सन् २०१५ फेब्रुअरी २३ मा भारतको उत्तर प्रदेशस्थित सुनौली नाकाबाट पक्राउ गरिएको थियो। उनीबाट २६ लाख ३ हजार ५०० भारतीय रुपैयाँ बराबरका नक्कली नोट बरामद भएका थिए।

विज्ञापन

इकबाललाई अशफाक अन्सारी नामले पनि चिनिन्छ। उनीविरुद्ध भारतीय दण्ड संहिताका दफा ४८९-बी र ४८९-सी अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। बरामद नोटको प्रकृति र घटनासँग सम्बन्धित आरोपका आधारमा उनीविरुद्ध गैरकानुनी गतिविधि (रोकथाम) ऐनको दफा १६ पनि लगाइएको थियो।

जानकारी अनुसार इकबाल पर्साको बेलवा क्षेत्रका बासिन्दा हुन्। पक्राउ पर्दा उनी भारतको लखनउस्थित हुसैनाबाद क्षेत्रमा बस्दै आएका थिए। आतंकवादविरोधी दस्ता (एटीएस) ले गरेको अनुसन्धान र अभियोजनपछि अदालतले उनलाई गत बिहीबार सजाय सुनाएको हो।

Image

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।