विज्ञापन
समाज

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार यहाँ बसेको वैठकले बारा र पर्सा जिल्लाको औद्योगिक करिडोर हुँदै बग्ने सिर्सिया नदीमा भएको फोहर व्यवस्थापन सम्बन्धमा शनिबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले उद्योगहरूसँग रहेको ट्रिटमेन्ट पलान्टबाट सफा पानी नदीमा छोड्न लगाई पानीलाई सफा र स्वच्छ बनाउने निर्णय गरेको छ।

सिर्सिया नदीमा रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने र औद्योगिक करिडोरका सबै उद्योगले आफ्नो उद्योगबाट निस्कने रसायनयुक्त पानी प्रशोधन नगरी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने र प्रत्यक उद्योगले अनिवार्य रूपमा आफ्नो बहिर्गमन प्रशोधन केन्द्र २४सै घण्टा पूर्ण रूपमा सञ्चालन गर्नपर्ने निर्णय गरेको हो।

विज्ञापन

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको विशेष उपस्थितिमा भएको बैठकको निर्णयमा भनिएको छ, ‘व्यक्तिगत रूपमा प्रशोधन केन्द्र राख्न नसक्ने साना तथा मझौला उद्योगका लागि उद्योग वाणिज्य सङ्घको अगुवाइ र सरकारी अनुदानमा साझा प्रशोधन केन्द्र निर्माण गर्न जग्गा पहिचान र सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने।’

बैठकले विगतमा सिर्सिया नदी सम्बन्धमा भएका निर्णय एवं काम कारवाहीबारे समीक्षासमेत गरिएको थियो। त्यसैगरी बैठककले सिर्सिया नदीको दीर्घकालीन पुनर्उत्थानका लागि सङ्घीय र प्रदेश सरकारसँग प्राविधिक सहयोग लिँदै वीरगन्ज महानगरपालिका र आसपासका पालिकाले सहरको मुख्य ढल नदीमा मिसिन नदिन तत्काल वैकल्पिक नाला निर्माण गरी ढल डाइभर्सन गर्ने र तीनै तहको बजेट साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाउने निर्णय गरेको छ। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।