काठमाडौं।सभामुख डिपी अर्याललाई उनको कार्यकक्षमा भेटर कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्किएको अन्तल्यामा यसै महिना आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताबारे जानकारी दिएकी छन्।
साथै, मन्त्री चौधरीले जलवायु न्यायका खातिर मुलुकलाई हानि तथा नोक्सानी कोषबाट दुई करोड तथा अनुकूलन कोषबाट चार करोड ५० लाख अमेरिकी डलर सहयोग प्राप्त हुने जानकारी पनि सभामुखलाई दिएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।