नेपाली कांग्रेसका सभापति गगन थापाले कुकुर तिहारको अवसरमा नेपालीहरूलाई शुभकामना दिएका छन्।
थापाको सचिवालयले सामाजिक सञ्जालमार्फत कुकुर पूजाका केही तस्बिर सार्वजनिक गर्दै प्रकृति र प्राणीप्रतिको सम्मान नेपाली संस्कार र संस्कृतिको महत्त्वपूर्ण विशेषता भएको सन्देश दिएको छ।
सचिवालयले लेखेको छ, ‘प्रकृति र प्राणीप्रतिको सम्मानलाई आफ्नै संस्कार र उत्सवमा समेट्ने हाम्रो नेपाली मौलिकता वास्तवमै विशिष्ट छ।’

हिन्दु धर्मावलम्बीहरूले तिहारमा कुकुरको पूजा गरी मीठा परिकार खुवाएर कुकुर तिहार मनाउँछन्। कुकुरलाई इमानदार र बफादार साथीका रूपमा सम्मान गर्ने गरिन्छ।






प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।