विज्ञापन
राजनीति

यस वर्षको छठ पर्वमा मनाउन लामिछानेले जनकपुरधाम जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र नयाँ आशाको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै लामिछानेले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका हुन् ।

उनले यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

विज्ञापन

विविधताबीचको राष्ट्रिय एकतालाई अझ बलियो बनाउन पर्वहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै लामिछानेले यस वर्षको छठ पर्व राष्ट्रिय एकताको सन्देशसहित मनाउन आफूहरू जनकपुरधामस्थित गंगासागरमा उपस्थित हुने बताए ।

उनले सबै नेपालीलाई तिहार, नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।