ब्रेकिङ न्युज
विज्ञापन
समाज

सडक अवरुद्ध भएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका-५ मल्कवाङबाट स्वास्थ्यमा जटिलता देखिएकी एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

मल्कवाङ स्वास्थ्य चौकीबाट धवलागिरि गाउँपालिका-४ की २१ वर्षीया सम्झना लामगाडेलाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरास्थित गण्डकी अस्पताल पुर्‍याइएको हो।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश अस्पताल बेनीसँग समन्वय गरेर उनको उद्धार गरिएको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

विज्ञापन

मनसुनजन्य विपद्का कारण विकट मल्कवाङ जोड्ने सडक अवरुद्ध भएकाले तत्काल अस्पताल पुर्‍याउन हवाई सेवाको सहारा लिनुपरेको हो। गण्डकी प्रदेश सरकारले दुर्गम क्षेत्रका जटिल अवस्थाका गर्भवती तथा सुत्केरीहरूको निःशुल्क हवाई उद्धार गर्दै आएको छ।

यसअघि गत आइतबार पनि सोही गाउँपालिका-४ की २३ वर्षीया झरना छन्त्याललाई हेलिकप्टरबाटै उद्धार गरी पोखराको गण्डकी अस्पताल लगेर प्रसूति गराइएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।