ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा घरमा रंग लगाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङस्थित सप्तमीमा घरमा रंग लगाउँदा लडेर सोही गाउँपालिका-४ चाँगे बस्ने अन्दाजी ५३ वर्षीय ओजाहाङ लिम्बूको ज्यान गएको हो।
घटनास्थल मुचुल्का संकलनसहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिध्यालालकुमार शाहको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) कमल बजगाँईले जानकारी दिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।