समाज

शनिबारदेखि नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार भोलिदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सो सडक खण्डमा सवारी आवागमन बन्द गरिनेछ।

नागढुंगा–मुग्लिन सडक खण्डको घुम्ती क्षेत्रमा लगातार वर्षाका कारण पहिरो जाने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने जोखिम बढ्नुका साथै मानवीय क्षतिसमेत भएको अवस्थालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद शर्माले जानकारी दिए।

विज्ञापन

बन्द अवधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने भएकाले सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको हो।

यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिकाअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न र सडक बन्द हुने समयमा यस खण्डमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।