समाज

लागुऔषधसहित १७ जना पक्राउ

दमक नगरपालिका-८ वसन्त मार्गबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्राम ४७० मिलिग्राम र नगद २७ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–६ घर भएका २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिकबहादुर शर्मा छन्।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा एक ग्राम ३३० मिलिग्राम उक्त पदार्थ र नगद १५ हजार रुपैयाँ तथा डिकबहादुरको कोठा तलासी १४० मिलिग्राम उक्त पदार्थ र नगद १२ हजार रुपैयाँ फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

विज्ञापन

यसैगरी, झापा शिवसताक्षी नगरपालिका–२ मङ्गलबारेबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७३० मिलिग्रामसहित दमक नगरपालिका–७ बस्ने ३९ वर्षीय भीम सागर न्यौपानेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरीचौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। कास्की, पोखरा महानगरपालिका–८ सिर्जनचोकस्थित रोयल थकाली किचन होटलबाट नियन्त्रित लागुऔषध डाइजेपाम ३५ एम्पुल, नोर्फिन ३५ एम्पुल र फेनारगन ३५ एम्पुलसहित सोही महानगरपालिका–५ मालेपाटन बस्ने खोटाङ घर भएका २९ वर्षीय मिलन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै कास्की, पोखरा महानगरपालिका–१५ लक्ष्मीटोल डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–३ घर भएका ३० वर्षीय महेश गुरुङसमेत दुई जनालाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ चार ग्राम २०० मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल ११ ट्याब्लेटसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीसमेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।

यसैगरी, कास्की, पोखरा महानगरपालिका–२६ साउनेपानी बस्ने २१ वर्षीय यमराय क्षेत्रीसमेत चार जनालाई अवैध लागुऔषध गाँजाजस्तो देखिने पदार्थ करिब ७०० ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले यमरायको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो।

ललितपुर, महालक्ष्मी नगरपालिका–५ टीकाथलीबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब सात ग्राम ३१० मिलिग्राम र नगद १८ हजार ९५० रुपैयाँसहित तीन जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–५ घर भएका ३३ वर्षीय केशव गिरी, ललितपुर महालक्ष्मी नगरपालिका–७ चांगाथली बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका–११ घर भएका २४ वर्षीय दर्शन भुषाल र काठमाडौँ बानेश्वर शान्तिनगर बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–६ घर भएका ३२ वर्षीय पुर्ण शङ्कर गिरी रहेका छन्।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। सप्तरी, कञ्चनरूप नगरपालिका–९ बाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४५० मिलिग्रामसहित सोही नगरपालिका–९ बस्ने ३६ वर्षीय नारदमनी बरहीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले प्रदेश २–०१–००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरी, इटहरी उपमहानगरपालिका–५ आइतबारेबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ आठ ग्राम ६५० मिलिग्रामसहित उदयपुर चौदण्डीगढी नगरपालिका–५ बस्ने ३४ वर्षीय उदित नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

रूपन्देही, रोहिणी गाउँपालिका–१ सिमरपानीबाट नियन्त्रित लागुऔषध डाईजेपाम ३२९ एम्पुल, बुप्रेनोर्फिन ३३६ एम्पुल र प्रोमेथाजाइन ३३७ एम्पुलसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय कुलदीप सहानी र २० वर्षीय प्रदीप केवट रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एए ५२१० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।