विज्ञापन
विश्व

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन।रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार बर्लिन पुगेका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका छन्।

जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख राष्ट्रमध्ये एक हो। जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि युक्रेनप्रतिको समर्थन निरन्तर दोहोर्‍याउँदै आएका छन्।

विज्ञापन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शान्ति वार्तालाई अघि बढाउने प्रयासस्वरूप अर्को साता अबु धाबीमा युक्रेनी, रुसी र अमेरिकी अधिकारीहरूबीच वार्ता हुने घोषणा गरे लगत्तै जेलेन्स्कीको जर्मनी भ्रमण भएको हो।

जेलेन्स्कीको बर्लिन भ्रमण सुरक्षा तथा प्रतिरक्षासम्बन्धी एक सम्मेलनसँगै परेको छ। उक्त सम्मेलनको उद्घाटन लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले गर्ने कार्यक्रम छ। जेलेन्स्कीले पनि सम्मेलनमा सहभागी हुने बताएका छन्।

सम्मेलनमा मुख्यतः युक्रेन युद्ध र रुसबाट युरोपको सुरक्षामा बढ्दै गएको चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ। जेलेन्स्कीले सुरक्षा, स्थिरता र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा सबैको साझा चासो भएको उल्लेख गर्दै यी सिद्धान्तलाई ठोस निर्णय र कार्यमा रूपान्तरण गर्न मिलेर काम गर्नुपर्ने बताएका छन्।

जर्मनीले नोभेम्बरको मध्यतिर युक्रेनका प्रमुख सहयोगी राष्ट्रहरूको समूह ‘कोएलिसन अफ द विलिङ’को बैठक आयोजना गर्ने योजना बनाएको छ। जर्मन चान्सलर मेर्जले गत साता यसबारे जानकारी दिएका थिए। –रासस/एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विश्व बाट थप

थप — विश्व

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।