विज्ञापन
शिक्षा

राजर्षिजनक विश्वविद्यालयलाई डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ।

स्थापनाको नौ वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा विश्वविद्यालयले विद्यार्थीलाई अनलाइनमार्फत सेवा उपलब्ध गराउने उद्देश्यले सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) र एकीकृत डिजिटल नेटवर्क लागू गर्ने जनाएको हो।

विश्वविद्यालयले स्कुल अफ हेल्थ साइन्सको प्रभावकारी सञ्चालन, रोकिएका भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने, प्रयोगशालालाई प्रविधिमैत्री बनाउने तथा बजारको मागअनुसार पाठ्यक्रम सुधार गर्ने एजेन्डासमेत अघि सारेको छ।

विज्ञापन

विश्वविद्यालयका रजिस्ट्रार डा जीवन काफ्लेले राष्ट्रिय झण्डा र विश्वविद्यालयको झण्डोत्तोलन गरी सुरु भएको कार्यक्रममा प्रशासनिक ढिलासुस्ती अन्त्य गर्दै चुस्त कार्यशैली अपनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

शिक्षा बाट थप

थप — शिक्षा

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।