विज्ञापन
अपराध

मोरङमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, दुई जना घाइते

मोरङ।लागूऔषध नियन्त्रण ब्यूरोले मोरङबाट ५०० ग्राम खैरो हेरोइन र पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन्।

भारतको अररियाबाट दुई वटा मोटरसाइकलमा रतुवामाई आउँदै गरेका उनीहरूलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिन खोजेको थियो। सोही क्रममा भारतीय नागरिक २२ वर्षीय दीपककुमार बोसाकले पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी गोली चलाएको ब्यूरोले जनाएको छ।

प्रहरीको गोली लागेर दीपक र अर्का भारतीय नागरिक ४० वर्षीय पुरनकुमार बोसाक घाइते भएका छन्। दुवैको खुट्टामा गोली लागेको र रतुवामाई नगर अस्पतालमा उपचार भइरहेको छ।

विज्ञापन

पक्राउ पर्ने नेपाली नागरिक रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय योगेन्द्र ठाकुर हुन्। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिजुवा बुझाइएको छ। प्रहरीले घटनास्थलबाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल, एक राउन्ड गोली, दुई मोटरसाइकल र तीन मोबाइल बरामद गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।