ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

मानव गतिविधिले बदलिँदै हिमाली डाँफेको जीवनशैली, आवाज पनि फेरियो

दुई अध्ययनले मानिसको गतिविधि बढ्दै जाँदा हिमाली डाँफेको वासस्थान र आवाजमा समेत असर परेको देखाएको छ।

डाँफे नेपालको राष्ट्रिय चरा हो भने भारतको उत्तराखण्ड राज्यको राज्य चरा पनि हो। हरियो, नीलो र तामाका रङका प्वाँखका कारण डाँफे निकै आकर्षक देखिन्छ। हिमाली क्षेत्रमा यसको सांस्कृतिक महत्त्व पनि छ।

तर पछिल्लो समय सडक निर्माण, पूर्वाधार विस्तार र पर्यटन बढ्दा डाँफेको प्राकृतिक वासस्थान साँघुरिँदै गएको अनुसन्धानकर्ताहरूले बताएका छन्। जलवायु परिवर्तनले पनि यसको वासस्थानमा असर पारिरहेको उनीहरूको भनाइ छ।

विज्ञापन

बीबीसीका अनुसार भारत, उत्तराखण्डका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययनले डाँफे बिस्तारै पहाडको अझ माथिल्लो भागतिर सर्दै गएको देखाएको छ। हिउँ पग्लिने र वनस्पतिमा आएको परिवर्तनसँगै डाँफे माथिल्लो क्षेत्रमा जान थालेको अनुसन्धानकर्ता डा. राजीव लोचन बताउँछन्।

मानिसको गतिविधि बढ्दा डाँफेलाई आफ्नो वासस्थान छाडेर थप माथितिर जानुपर्ने अवस्था आएको उनले बताए। यसले डाँफेको वासस्थान छुट्टाछुट्टै क्षेत्रमा बाँडिन सक्ने र त्यसले यसको संख्या घट्ने जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ।

अर्को एक अध्ययनले मानिस र सवारीसाधनको बढ्दो आवाजले डाँफेको आवाजमा पनि असर परेको देखाएको छ। अनुसन्धानकर्ताहरूले उत्तराखण्डका दुई उपत्यकामा ७०० भन्दा बढी डाँफेका आवाज रेकर्ड गरेका थिए।

धेरै आवाज हुने ठाउँमा रहेका डाँफेले शान्त ठाउँका डाँफेको तुलनामा चर्को र छोटो आवाज निकाल्ने गरेको पाइएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार डाँफेले वरिपरिको आवाजसँग मिलाउन आफ्नो आवाजमा केही परिवर्तन गर्ने गरेको देखिन्छ।

लोचनका अनुसार यसले डाँफेले वातावरणअनुसार आफ्नो व्यवहार परिवर्तन गर्न सक्ने देखाउँछ। तर यसको अर्थ डाँफेको आवाजमा स्थायी परिवर्तन भएको भने होइन।

अनुसन्धानकर्ताहरूले यी प्रारम्भिक अध्ययन भएकाले डाँफेमा परेको असरबारे थप अध्ययन आवश्यक रहेको बताएका छन्। तर दुवै अध्ययनले हिमालयमा मानिसको गतिविधि बढ्दा वन्यजन्तु र वातावरणमा दबाब बढिरहेको देखाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।