अन्तर्राष्ट्रिय

युट्युबर ध्रुव राठीविरुद्ध दिल्ली अदालतद्वारा गैरजमानती पक्राउ पुर्जी जारी

भारतको दिल्लीस्थित एक अदालतले सन् २०१८ को मानहानि मुद्दामा युट्युबर ध्रुव राठीविरुद्ध गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ।

न्यायिक मजिस्ट्रेट अनम रइस खानको इजलासले विकास संकृत्यायन उर्फ विकास पाण्डेले दायर गरेको मानहानि मुद्दामा सोमबार राठीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

राठीको युट्युब च्यानलमा अपलोड गरिएको एक भिडियोका कारण आफ्नो मानहानि भएको भन्दै पाण्डेले सन् २०१८ मा अदालतमा उजुरी दिएका थिए। उक्त मुद्दामा अदालतले आगामी डिसेम्बर ३ का लागि अर्को सुनुवाइको मिति तोकेको छ। यद्यपि, सोमबारको आदेशको विस्तृत विवरण आउन बाँकी रहेको छ।

विज्ञापन

यसअघि पनि अदालतले अक्टोबर ३१ मा राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको थियो। अक्टोबर १७ मा म्याद तामेल गर्न उनको घर पुगेका कर्मचारीले घरमा ताला लगाइएको प्रतिवेदन दिएपछि अदालतले उक्त आदेश गरेको थियो। साथै, अदालतले हरियाणाको गुरुग्रामस्थित उनको ठेगानामा नयाँ म्यादसमेत पठाएको थियो।

सुनुवाइका क्रममा राठीका वकिलले उनी सामान्यतया अस्ट्रियामा बसोबास गर्ने गरेको र दिल्लीमा आयोजित ‘ककरोच जनता पार्टी’ (सीजेपी) को प्रदर्शनमा सहभागी हुन भारत आएको जानकारी अदालतलाई गराएका थिए।

यस मुद्दामा राठीलाई पहिलोपटक सन् २०१९ को जुलाईमा अदालतमा उपस्थित हुन म्याद जारी गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।