विज्ञापन
राजनीति

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बन्धी भ्रामक, भ्रमपूर्ण तथा तथ्यहीन सूचना र समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ।

मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मलेसिया रोजगारीसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्य–तथ्यबिनाका सूचनाले आमनागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई यथार्थपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।

विज्ञापन

मन्त्रालयका अनुसार मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे नेपालले अवलम्बन गरेको श्रम तथा रोजगारसम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय श्रम सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको छ।

दुवै देशबीचको संवादमार्फत यस विषयलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने पक्षमा नेपाल सरकार रहेको प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

नेपालको संविधान, प्रचलित कानुन र श्रम सम्झौताविपरीत हुने प्रणाली तथा पद्धतिले श्रमिकको दीर्घकालीन हित संरक्षण गर्न नसक्ने मन्त्रालयको भनाइ छ।

नेपाली श्रमिकको हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, न्यायोचित तथा पारस्परिक हितमा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, निष्पक्ष कामदार छनोट तथा भर्ना प्रणाली सुनिश्चित गर्ने विषयमा नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको पनि मन्त्रालयले जनाएको छ।

नेपालको संविधान, कानुनी व्यवस्था तथा नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौतासमेतका आधारमा दुवै सरकारलाई मान्य हुने पारदर्शी र निष्पक्ष भर्ना प्रणाली विकास गर्न नेपाल सरकार सकारात्मक रहेको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।