पूर्व-पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेमा ट्रकको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा चितवनको रत्ननगर नगरपालिका-३ टाँडी बेल्छी बस्ने करिब ७० वर्षीय रामनाथ विक रहेका छन्।
बुधबार बिहान करिब ५:३५ बजे चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना ४ ख ५९७७ नम्बरको ट्रकले बाटो हिँडिरहेका विकलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको ट्राफिकसहितको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो। मनहरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई चितवन रिफर गरिएको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र त्यसका चालक रौतहटको चन्द्रपुर नगरपालिका-६ बस्ने ३७ वर्षीय गणेशबहादुर खपाङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।