नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी मंसिर २ र ३ गते आयोजना हुने पार्टीको राष्ट्रिय भेलाको तयारी तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।
भेलाबारे जानकारी दिँदै सचिव बस्नेतले पार्टी संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउने स्पष्ट लक्ष्यसहित एमाले सम्पूर्ण रूपमा तयारीमा जुटेको बताएका हुन्।
वर्तमान राजनीतिक परिस्थिति र सांगठनिक गतिविधिलाई नयाँ गति दिनका लागि एमालेले यस पटकको राष्ट्रिय भेलालाई विशेष महत्त्वका साथ अघि बढाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।