विज्ञापन
विज्ञान

भूमिहीन नागरिकका समस्या बुझ्न मन्त्री रावल झापाका बस्तीमै

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाका भूमिहीन नागरिकका समस्या, गुनासा र अपेक्षा बुझ्न बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन्।

मन्त्री रावलले अर्जुनधारा र मेचीनगर नगरपालिकाका विभिन्न भूमिहीन बस्तीमा पुगेर स्थानीय नागरिकसँग संवाद गरेकी हुन्। भेटघाटका क्रममा उनले नागरिकका समस्या तथा गुनासा सुन्नुका साथै समाधानका लागि सरकारले अघि बढाइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराइन्।

सो अवसरमा मन्त्री रावलले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले नागरिकसँग प्रत्यक्ष संवाद गरेर वास्तविक समस्या पहिचान गर्ने र समाधानका लागि आवश्यक पहल गर्ने बताइन्।

विज्ञापन

भूमिहीन नागरिकका समस्या समाधान तथा लालपुर्जा वितरण प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको मन्त्री रावलको झापा भ्रमण सम्पन्न भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विज्ञान बाट थप

थप — विज्ञान

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।