काठमाडौं।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८३ सालको तिहारका अवसरमा विभिन्न देशमा मनाइने भाइटिकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिको बुधबार बसेको बैठकले स्थानीय समयअनुसार विभिन्न मुलुकमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि उक्त साइत निर्धारण गरेको हो।
समितिका अनुसार नेपालमा कात्तिक २५ गते बिहान ११:०७ बजे भाइटिकाको उत्तम साइत जुरेको छ। त्यस्तै, भारतको दिल्लीमा ११ नोभेम्बर २०२६ को बिहान ११:२१ बजे र भुटानको थिम्पुमा सोही दिन बिहान ११:०५ बजेको समय तोकिएको छ।
अमेरिका र क्यानाडाका लागि १० नोभेम्बर २०२६ मा साइत परेको छ। जसमा न्युयोर्कमा बिहान ११:२५, टेक्सासमा ११:३५, वासिङ्टन डि.सी.मा ११:३३, क्यालिफोर्नियामा ११:०५, केन्टुकीको फ्य्राङ्कफर्टमा ११:२३ र ओभेन्सवोरोमा ११:१३ बजेको समय निर्धारण गरिएको छ। क्यानाडाको टोरन्टोमा बिहान ११:५७ र भ्यानकुभरमा ११:५५ बजे साइत जुरेको छ।

बेलायत र युरोपका लागि १० नोभेम्बर २०२६ मा लन्डनमा बिहान ११:३१, पेरिसमा ११:३५, लिस्बनमा ११:५७, जेनेभामा ११:४५, ओस्लोमा ११:५५ र फिनल्यान्डमा १०:४५ बजेको समय तोकिएको छ। अस्ट्रेलिया र न्युजिल्यान्डमा ११ नोभेम्बर २०२६ मा भाइटिका मनाइनेछ। जसमा वेलिङ्गटनमा ११:५५, सिड्नीमा ११:४५, मेलबर्नमा ११:५५, क्यानवेरामा ११:२१, ब्रिसवेनमा १०:५५, एडिलेडमा ११:२९, पर्थमा ११:११, डार्विनमा १०:४५ र तास्मानियामा ११:०३ बजेको समय निर्धारण गरिएको छ।
एसिया तथा खाडी मुलुकमा ११ नोभेम्बर २०२६ मा टोकियोमा बिहान ११:०१, सियोलमा ११:५५, क्वालालम्पुरमा ११:३३, सिङ्गापुरमा ११:२३, हङकङमा ११:१५, बैंककमा १०:५७, याङ्गुनमा ११:५७, दोहामा ११:२५, अबुधाबीमा ११:११ र साउदी अरेबियामा १०:५१ बजेको समय तोकिएको छ। इजरायलको तेल अभिवमा १० नोभेम्बरका दिन बिहान ११:०१ बजेको समय तोकिएको छ। समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव श्रीकेश कौशिकका अनुसार यो समय सबैभन्दा उपयुक्त भए पनि आफ्नो अनुकूल समयमा टिका लगाउन सकिनेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।