विज्ञापन
प्रदेश

भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको संख्या पाँच पुग्यो, ५७ हजार विस्थापित

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आएको शक्तिशाली चक्रवात ‘अर्नब’का कारण पाँच जनाको मृत्यु भएको छ भने करिब ५७ हजार मानिस विस्थापित भएका छन्।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले बुधवार चक्रवातका कारण पाँच जनाको ज्यान गएको पुष्टि गरेका हुन्। रुख, पर्खाल तथा विद्युत्का पोल खस्नुका साथै करेन्ट लागेर उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गरिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेजलगायत शैक्षिक संस्थाहरू पनि केही दिनका लागि बन्द गरिएका छन्। त्यस्तै, आन्ध्र प्रदेशका दुई विमानस्थलबाट सञ्चालन हुने ३५ भन्दा बढी उडान रद्द तथा अन्यत्र डाइभर्ट गरिएको छ।

विज्ञापन

प्रतिघण्टा १३० किलोमिटरसम्मको वेगमा आएको चक्रवात बुधवार बिहान भारतको दक्षिणपूर्वी तथा पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको थियो। आन्ध्र प्रदेशका विभिन्न जिल्लामा ठूलो प्रभाव पारेको चक्रवात त्यसपछि ओडिशा, झारखण्ड, छत्तिसगढ र पश्चिम बङ्गालतर्फ अघि बढेको जनाइएको छ।

मुख्यमन्त्री नायडूका अनुसार चक्रवातका कारण करिब ७१ हजार हेक्टर क्षेत्रफलमा लगाइएको कृषि बालीमा क्षति पुगेको छ। विशेषगरी नरिवल र केराखेतीमा आंशिक तथा पूर्ण क्षति भएको छ।

चक्रवातबाट प्रभावित करिब ५७ हजार मानिसलाई सुरक्षित स्थानमा सारेर राहत शिविरमा राखिएको छ। सरकारी अधिकारीहरूका अनुसार करिब १८० घरमा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्य जारी रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रदेश बाट थप

थप — प्रदेश

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।